लाखौंको रोजगारी गुम्यो, पर्यटन र शिक्षाक्षेत्र चौपट

  • असार ८, २०७७
  • ३०९ पटक पढिएको
  • छाल खबर

काठमाडौं, ८ असार 

देशमा लाखौंको रोजगारी गुमेको छ । विशेषगरी पर्यटन र शैक्षिक संस्थामा काम गर्नेहरु प्रभावित भएका छन् । निजी शैक्षिक संस्थामा काम गर्नेहरु अधिकांशले वैशाख यता तलब पाएका छैनन् । कतिपयको रोजगारी गुमेको छ ।
पर्यटन व्यवसाय फागुनयता चौपट छ । सिजनमै कोरोना कहरले होटल, रिसोर्ट, ट्रेकिङ व्यवसाय ठप्प भएपछि लाखौंको रोजगारी गुमेको छ । सगरमाथा आरोहण यसवर्ष नहुँदा त्यस क्षेत्रको पर्यटनमा निर्भरहरु समस्यामा परेका छन् ।
पर्यटन क्षेत्रसँग जोडिएको यौन व्यापार गर्नेहरु मारमा परेका छन् । नेपालमा यौन व्यापारले वैधता नपाएपछि अघोषित रुपमा सञ्चालनमा छ । यस क्षेत्रमा लाखौं मानिस निर्भर रहेको तथ्यांकहरुले देखाउँछ । यौन व्यापार गर्नेहरु सबैभन्दा बढी समस्यामा परेका छन् । यसले समाजमा नयाँ समस्या ल्याउने खतरा बढाएको छ ।
निजी विद्यालय र कलेजहरु चैत्र यता बन्द छन् । विद्यार्थीबाट शुल्क लिन पाएका छैनन् । विशेषगरी निम्न मध्यमस्तरका मानिसहरु अध्ययन गर्ने विद्यालय संकटमा परेका छन् । उनीहरुले तलब दिन सकेका छैनन् । शिक्षकहरु तीन महिनायता तलब नपाएर भोकै पर्नुपर्ने अवस्थामा पुगेका छन् । कतिपयको रोजगारी गुमेको छ ।
देशमा वैदेशिक रोजगारीमा जाने लाखौं मानिसहरु फर्किइरहेका छन् । यसले थप बेरोजगार बढाउने देखिएको छ । कोरोना कहरभन्दा पनि बेरोजगारी र भोकमरीले भयावह अवस्था आउने देखिदैछ ।

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic