लाखौंको रोजगारी गुम्यो, पर्यटन र शिक्षाक्षेत्र चौपट

  • असार ८, २०७७
  • ३५० पटक पढिएको
  • छाल खबर

काठमाडौं, ८ असार 

देशमा लाखौंको रोजगारी गुमेको छ । विशेषगरी पर्यटन र शैक्षिक संस्थामा काम गर्नेहरु प्रभावित भएका छन् । निजी शैक्षिक संस्थामा काम गर्नेहरु अधिकांशले वैशाख यता तलब पाएका छैनन् । कतिपयको रोजगारी गुमेको छ ।
पर्यटन व्यवसाय फागुनयता चौपट छ । सिजनमै कोरोना कहरले होटल, रिसोर्ट, ट्रेकिङ व्यवसाय ठप्प भएपछि लाखौंको रोजगारी गुमेको छ । सगरमाथा आरोहण यसवर्ष नहुँदा त्यस क्षेत्रको पर्यटनमा निर्भरहरु समस्यामा परेका छन् ।
पर्यटन क्षेत्रसँग जोडिएको यौन व्यापार गर्नेहरु मारमा परेका छन् । नेपालमा यौन व्यापारले वैधता नपाएपछि अघोषित रुपमा सञ्चालनमा छ । यस क्षेत्रमा लाखौं मानिस निर्भर रहेको तथ्यांकहरुले देखाउँछ । यौन व्यापार गर्नेहरु सबैभन्दा बढी समस्यामा परेका छन् । यसले समाजमा नयाँ समस्या ल्याउने खतरा बढाएको छ ।
निजी विद्यालय र कलेजहरु चैत्र यता बन्द छन् । विद्यार्थीबाट शुल्क लिन पाएका छैनन् । विशेषगरी निम्न मध्यमस्तरका मानिसहरु अध्ययन गर्ने विद्यालय संकटमा परेका छन् । उनीहरुले तलब दिन सकेका छैनन् । शिक्षकहरु तीन महिनायता तलब नपाएर भोकै पर्नुपर्ने अवस्थामा पुगेका छन् । कतिपयको रोजगारी गुमेको छ ।
देशमा वैदेशिक रोजगारीमा जाने लाखौं मानिसहरु फर्किइरहेका छन् । यसले थप बेरोजगार बढाउने देखिएको छ । कोरोना कहरभन्दा पनि बेरोजगारी र भोकमरीले भयावह अवस्था आउने देखिदैछ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic