४ जनामा संक्रमण पुष्टिपछि कनकाई नगरको बजार क्षेत्र पाँच दिनका लागि बन्द

  • असार ८, २०७७
  • २२७ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान, ८ असार ःझापाको कनकाई नगरपालिकाको बजार क्षेत्र ५ दिनका लागि वन्द गरीने भएको छ ।
नगरले सोमबार सूचना जारी गर्दै सोमबार दिउँसो १२ बजेदेखि असार १३ गते शनिबार रातको १२ बजेसम्मलाई स्वास्थ्य बाहेक सबै क्षेत्रलाई बन्द गर्न अनुरोध गरेको छ ।
नगरभित्र चारजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको र समुदायमा समेत फैलिएको हुनसक्ने संभावनालाई ख्याल गर्दै नगरले बन्दको आव्हान गरेको हो ।
नगरले सूचना जारी गर्दै आवश्यक कन्ट्याक ट्रेसिङ गर्नु पर्ने भएकाले सबै वडाका बजार, पसलहरु, शैक्षिक संस्था, नगर क्षेत्रका कार्यलय, वडा कार्यालयहरु, बैंक तथा वित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द गर्न कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिले आग्रह गरेको छ ।
स्वास्थ्यमा अत्यावश्यक सेवा र निर्माण क्षेत्रका सवारीलाई भने नगरले छुट दिएको छ । यस अवधिमा नगरको आग्रहलाई पालना नगरे प्रहरीले नियन्त्रणमा लिने सूचनामा उल्लेख छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic