४ जनामा संक्रमण पुष्टिपछि कनकाई नगरको बजार क्षेत्र पाँच दिनका लागि बन्द

  • असार ८, २०७७
  • १६८ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान, ८ असार ःझापाको कनकाई नगरपालिकाको बजार क्षेत्र ५ दिनका लागि वन्द गरीने भएको छ ।
नगरले सोमबार सूचना जारी गर्दै सोमबार दिउँसो १२ बजेदेखि असार १३ गते शनिबार रातको १२ बजेसम्मलाई स्वास्थ्य बाहेक सबै क्षेत्रलाई बन्द गर्न अनुरोध गरेको छ ।
नगरभित्र चारजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको र समुदायमा समेत फैलिएको हुनसक्ने संभावनालाई ख्याल गर्दै नगरले बन्दको आव्हान गरेको हो ।
नगरले सूचना जारी गर्दै आवश्यक कन्ट्याक ट्रेसिङ गर्नु पर्ने भएकाले सबै वडाका बजार, पसलहरु, शैक्षिक संस्था, नगर क्षेत्रका कार्यलय, वडा कार्यालयहरु, बैंक तथा वित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द गर्न कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिले आग्रह गरेको छ ।
स्वास्थ्यमा अत्यावश्यक सेवा र निर्माण क्षेत्रका सवारीलाई भने नगरले छुट दिएको छ । यस अवधिमा नगरको आग्रहलाई पालना नगरे प्रहरीले नियन्त्रणमा लिने सूचनामा उल्लेख छ ।

सुच्चा राईद्धारा साकेला पर्वको अवसरमा स्वास्थ्य शि

छाल खवर धरान,४ जेठः सुच्चा राई कल्याण समाजले साकेला उभौली पर्वको अवसरमा निः ...

प्रथम गोर्खा केरावारी रन सम्पन्न

छाल खवर धरान,३ जेठः गोर्खा सेमिट्रिज ट्रष्ट नेपालको आयोजनामा प्रथम गोर्खा क ...

पाथीभरामा केबलकार निर्माण गर्न सर्वोच्चले खोल्यो

छाल खवर धरान,१जेठः सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केवलकार निर् ...

रास्वपाका सभापति एमालेमा

छाल खवर धरान,१ जेठः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रावाबेँसी गाउँप ...

तरुण दल सुनसरी १ मा अजय राई

छाल खवर धरान,३१ वैशाखः नेपाली कांग्रेस पार्टीको युवा संगठन नेपाल तरुण दल सु ...

भारत र पाकिस्तानबीच आज वार्ता

छाल खवर धरान,२८ र्वैशाखः भारत र पाकिस्तानका प्रतिनिधिहरुबीच आज दिउँसो १२ बज ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic