कांग्रेसको अवरोधका कारण प्रदेश १ को प्रदेशसभा स्थगित

  • असार ८, २०७७
  • १५३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

असार ८ विराटनगर ः प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका कारण प्रदेश नंं.१ को प्रदेशसभाको सोमवारको बैठक स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले शून्य समयको कार्यक्रम प्रारम्भ गर्न लाग्दा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसदहरुले उभिएर विरोध जनाएपछि वैठक स्थगित गरीएको हो ।

सभामुख भण्डारीले पटक÷पटक सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गर्नुभएता पनि अस्विकार गरेका थिए । काँग्रेसका प्रदेशसभा सदस्यलाई बोल्न समय दिएपछि प्रमुख सचेतक केदार कार्कीले संसदमा उठेका प्रश्नहरुको मुख्यमन्त्री शेरधन राईले जवाफ दिनुपर्ने नभए संसद् चल्न नदिने अडान लिनु भएको थियो । उहाँले सरकारले कोरोना उपचार, रोकथाम एवं नियन्त्रणमा गरेको खर्च सार्वजनिक गर्नुपर्ने माग समेत गर्नुभएको थियो ।

सचेतक कार्कीले प्रदेश सरकारको सचिव काठमाडौँ जाँदा प्रमुख जिल्ला अधिकारीसँग अनुमति पत्र लिनुपर्ने कुराको चर्को विरोध गर्नुभयो । सरकारले यसै अधिवेशनमा प्रदेशको नामकरण गर्नुपर्ने र सार्वजनिक यातायात व्यवसायी तथा मजदुरहरुको समस्यालाई उचित सम्बोधन हुनुपर्नेमा माग समेत गर्नुभएको थियो ।

मंगलवार सदनमा मुख्यमन्त्री शेरधन राईले जवाफ दिने आश्वासन प्राप्त भएको सूचनालाई पनि सांसदहरुले नमानेपछि असार ९ गते दिउँसो १ बजे संसद्को अर्को बैठक बस्ने सभामुख भण्डारीले जानकारी दिनुभयो ।नेपाली कांग्रेसले प्रदेशको नामाकरण गर्न बारम्वार माग गर्दै आएको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic