संयुक्त दलित संघर्ष समिति धरानद्वारा आन्दोलन घोषणा

  • असार ९, २०७७
  • ५०२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
असार,९ असार ः विभिन्न स्थानमा दलित माथि भएको हत्याका घटनाको विषयमा धरानमा संयुक्त दलित संघर्ष समितिले शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने भएको छ ।
पश्चिम रूकुमको चौरजहारीमा भएको विभत्सपूर्ण घटना, अंगिरा पासीको बलात्कार पछि हत्या र शम्भु सदाको प्रहरी हिरासतमा भएको हत्या प्रकरणको विरोधमा संयुक्त दलित संघर्ष समिति धरानले खबरदारी पूर्ण धर्ना कार्यक्रम गर्ने भएको हो ।
समितिले मंगलवार धरानमा दलित अगुवा , बिभिन्न राजनीतिक दलका दलित नेताहरु , दलित अधिकारकर्मी , जनप्रतिनिधीहरु र दलित पत्रकारहरु सङ्ग छलफल गरी भोली असार १० गते बुधवार गर्ने आन्दोलनको कार्यक्रम तय गरेको समितिका संयोजक गंगा कालिकोटेले जानकारी दिनुभएको छ ।
समितिले नवराज बिक सहित ६ जनाको हत्यामा संलग्न दोषीलाई बिभिन्न राजनीतिक आडमा उन्मुक्ती दिन बिभिन्न बहाना बाजी गर्न थालेको हुनाले दोषीलाई हदैँ सम्मको सजायको माग राख्दै सिट्टी जुलुस गर्ने निर्णय भएको सचिव गमबहादुर लम्जेलले बताउनुभयो ।
दलित माथिको यस्ता घटना निरन्तर दोहोरीएकोले आन्दोलन गर्न बाध्य हुनु परेको दलित अधिकारकर्मी तथा दलित अगुवा तारा लाम्गादेले वताउनु भयो ।
यस्तै नेकपा नेता दलित अधिकारकर्मी डिबी शंकरले यो मुद्दा लाई मोड्न खोजे आफ्नो पार्टी भन्दा माथि उठेर गृहमन्त्रीको राजिनामा माग्न समेत आफुहरु तयार रहेको जिकिर गर्नुभयो । उहाले यो मुद्दालाई पार्टी सङ्ग जोडेर कमजोर बनाउने कुरामा आशंका नगर्न आग्रह गर्नु भयो ।
छलफलमा नेपाली काङ्ग्रेसका गोबिन्द बिकले अहिले समितिले नवराज बिकको मुद्दा मात्र हैन अन्य दलित जाती र समुदायसँग जोडीएका मुद्दाहरुलाई उठान गर्नु पर्ने बताउनुभयो । छलफलमा दलित अगुवा रमेश गजमेरले पहिलेको र अहिलेको आन्दोलनको स्वरुप नबदलिएको भन्दै अबको युवाहरुले सशक्त आन्दोलनको दवाव श्रृजना गर्नुको बिकल्प नरहेको दावी गर्नुभयो । समापनमा वोल्दै समिति संयोजक कालिकोटेले दलित समुदाय माथि भएको अन्याय विरूद्ध राज्य मौन बसेको कारण यो आन्दोलन गर्नुपरेको बताउनु भयो ।

उहाले यदि घटनाको दोषीलाई उन्मुक्ति दिलाउन सरोकारवाला नै अग्रसर रहन्छन् भने दलित समुदायले शसक्त संघर्षमा उत्रनुको विकल्प नभएको चेतावनी दिनुभयो ।उहाले यस्तो बेलामा दलितहरुको एकताको खाचो औल्याउनुभयो । बुधवार(भोली) दिनको ३ बजे भानुचोकमा भेला भएर सिट्टी फुक्ने कार्यक्रम रहेको सचिव लम्जेलले जानकारी दिनुभयो ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic