नेकपा स्थायी कमिटी बैठक बस्दै एमसिसिका विषयमा छलफल हुने

  • असार १०, २०७७
  • ६३५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० असार ः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठकमा पार्टीको काम, सरकारको समीक्षा र एमसीसी लगायतका विषयमा छलफल हुने नेकपाले जनाएको छ ।
तर अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयमा दुई अध्यक्षबीच मत नमिलेपछि राजनीतिक प्रतिवेदन नै तयार हुन सकेको छैन ।
बैठकमा छलफलको लागि राजनीतिक प्रतिवेदन पेस गर्ने परम्परा भए पनि दुई अध्यक्षबीच एमसीसी सम्झौताबारे फरकफरक मत भएपछि प्रतिवेदन तयार हुन नसकेको हो ।
एमसीसीको विषयमा पार्टीभित्र विवाद छ । एमसीसीलगायत विषयमा छलफल गर्न स्थायी कमिटी बैठकको मिति तोकिएपछि अध्यक्षद्वय ओली र दाहालबीच लगायतर छलफल भए पनि सहमति भएको छैन ।
एमसीसीको विवाद सुल्झाउन वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा स्थायी कमिटी सदस्य भीम रावल र परराष्टमन्त्री प्रदीप ज्ञवाली सदस्य रहेको अध्ययन कार्यदल गठन भएको थियो ।
कार्यदलले सम्झौता परिमार्जनबिना संसदबाट अनुमोदन गर्न नहुने सुझाव दिएपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली दबाबमा पर्नुभएको छ । प्रतिवेदनमा परराष्ट्रमन्त्री ज्ञवालीको फरक मत थियो ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी सदनबाट जसरी हुन्छ पारित गर्ने पक्षमा हुनुहुन्छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अध्ययन कार्यदलले तयार पारेको प्रतिवेदनले औंल्याएका विषयमा संशोधन गरेर मात्र पारित गर्ने अडानमा हुनुहुन्छ ।
नेताहरु झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठको मत पनि संशोधन गर्नुपर्ने पक्षमा छ ।

यस अघिका पटक पटकको बैठक छलफल नै नगरी स्थगित हुदै आएपनि आज वस्ने बैठकले ठोस निर्णय गर्ने वुझिएको छ ।

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic