धरानको बजेट १ अर्ब ७२ करोड प्रस्तुत

  • असार १०, २०७७
  • १,३२४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० असार ः धरान उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७७र०७८ को लागि बजेट सार्वजनिक गरेको छ ।

वीपी प्रतिष्ठानको अडोटरियम हलमा आयोजित सातौ नगरसभाबाट सो बजेट सार्वजनिक गरीएको हो ।
उपमेयर मञ्जु भण्डारी सुवेदीले १ अर्ब ७२ करोड ३५ लाख ४३ अजार ५ सय बराबरको बजेट प्रस्तुत गरेकी हुन् । यो चालु आर्थिक बर्षभन्दा करिब ५ अकरोड कम हो । चालु बर्षको बजेट १ अर्ब ७७ करोड ९१ लाख रहेको छ ।
सुवेदले आगामी बर्षको आन्तरिक आयतर्फ ५३ करोड ४२ लाख ४३ हजार ५ सय अनुमान गरिएको छ भने संघीय समानीकरण अनुदानतर्फ ३० करोड ७६ लाख, प्रदेश समानीकरण अनुदानबाट ९५ लाख ३५ हजार आय अनुमान गरिएको छ भने संघीय राजश्व बाँडफाडबाट १६ करोड ४२ लाख २९ हजार ४ सय ४४ र प्रदेश राजश्व बाँडफाडबाट १७ करोड ३ लाख ८० हजार आय अनुमान गरिएको बजेट प्रस्तुत गरेकी थिइन ।
यस्तै, व्ययतर्फ भने प्रशासनिक खर्चमा ३१ कराड ८१ लाख ६८ हजार ५ सय विनियोजन गरिएको छ भने वडागत प्रशासनिक खर्चमा २ करोड र कार्यक्रम तथा पूँजीगत खर्च २० करोड गरि २२ करोड विनियोजन गरेकीथिइन ।
नगर गौरवको आयोजनातर्फ ४ करोड ५० लाख विनियोजन गरिएको छ भने बिषयगत कार्यक्रमहरु शिक्षा, पर्यटन, खेलकुद, सुचना, वन, वातावण लगायत अन्य पुँजीगत निर्माण सुधारतर्फ ९१ करोड ४८ लाख ७५ हजार विनियोजना गरिएको छ ।
शिक्षा युवा तथा खेलकुदतर्फ कुल ३७ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ । स्वास्थ्यतर्फ ५ करोड ३८ लाख, सामाजिक विकासतर्फ २ करोड २ लाख, आर्थिक विकासतर्फ कृषि, पशु, सहकारी र उद्योगको लागि १ करोड ९० लाख, वन वातावरण तथा विपद व्यवस्थापनतर्फ १ करोड ३८ लाख विनयोजन गरिएको छ भने पर्यटनतर्फ १ करोड ५५ लाख, सुचना तथा संचारतर्फ ३० लाख, साहित्य कला र साँस्कृतितर्फ ३० लाख, अव्यवस्थित बसोबास तथा सुकुम्बासी व्यवस्थापनतर्फ ५० लाख, मजदुर कल्याण कार्यक्रमतर्फ ५ लाख बजेट विनियोजन गरिएको छ ।
लामो समयदेखि सञ्चालनमा आउन नसकेको विमानस्थल जग्गा व्यवस्थापनमा पनि यस पटक बजेट विनियोजन भएको छ । यसतर्फ ८० लाख विनियोजन गरीएको छ । मेयर कोषमा ८० लाख विनियोजन गरीएको छ । कोभिड १९ लगायत महामारी नियन्त्रणको लागि ८० लाख विनियोजन गरिएको छ ।

कार्यक्रमको प्रमुख अतिथि प्रदेश १ का सभामुख प्रदिप भण्डारी रहनु भएको थियो ।

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic