हल्दिबारीको गाउँसभामा कुटाकुट

  • असार ११, २०७७
  • २६२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, ११असारः यतिबेला नगर सभा र गाउसभा बसेर नीति तथा कार्यक्रम बनाउन नगरपालिका र गाउपालिकालाई चटारो भइरहेको बेला एक स्थानीय निकायमा भने गाउसभामा कुटाकुट भएको छ ।
झापाको हल्दिबारी गाउँपालिकाको गाउँसभामा कुटाकुट भएको छ । सभामा सहभागी रहेका गाउँसभाका केही सदस्यले अध्यक्ष रविन्द्र लिङ्गदेनलाई मुक्का प्रहार समेत गरेको बुझिएको छ ।
लिङदेनको अहिले भद्रपुरस्थित मेची अस्पतालमा उपचार भइरहेको छ ।
आक्रोशित सदस्यहरुले कुर्सी, टेबल पनि भाँचिदिएको प्रत्यक्षदर्शीले बताएकाछन् ।
अध्यक्ष लिङ्गदेनले गाउँसभा बिथोल्न आएका अराजक व्यक्तिकोे आक्रमणबाट झ्याल, ढोका, टेबल कुर्सीलगायत कार्यालयका भौतिक संरचनामा क्षति पुगेको वताएकाछन् ।
उनले नेकपाबाट निर्वाचित गाउँ सभा सदस्यबाट आक्रमण भएको आरोप लगाएका छन् ।
गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रमका अन्तरवस्तुमा सभा सदस्यसँग सुझाव संकलन गर्ने क्रममा विमति सिर्जना भएपछि एकैपटक आक्रमण सुरु भएको उनको भनाइ रहेको छ ।
यता गाउँपालिकाका वडा नम्बर ३ का अध्यक्ष त्रिलोचन सापकोटाले अध्यक्षकै डिजाइनमा गाउँ सभा भाँडिएको आरोप लगाउदै अध्यक्ष लिङ्गदेनले नेकपाबाट निर्वाचित गाउँ सभा सदस्यबाट आक्रमण भएको भन्ने आरोपको औचित्य पुष्टि गर्न चुनौती समेत दिएकाछन् ।
ज्ञापन पत्र बुझाउन आएकाहरुसंग विवाद भएपछि अध्यक्ष लिङ्गदेन सभा विसर्जन नगरी बाहिरिएका थिए । त्यसपछि उपाध्यक्ष डम्बर गिरीको अध्यक्षतामा सभा सञ्चालन भएको थियो ।
हल्दिबारीमा बहुमत कार्यपालिका सदस्य नेकपाका रहेका छन् ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic