देउवा र मन्त्री भट्टलाई विप्लवद्धारा जनकार्वाहीको धम्की

  • असार १२, २०७७
  • ७९९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, १२ असार ः नेपाली कागंग्रेसका सभापति शेरबहादुर देउवा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई प्रतिवन्दित नेत्र विक्रम चन्दको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनकार्वाही गर्ने
चेतावनि दिएको छ ।
विप्लवले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा मतदान गरे दुवैजनालाई जनकारवही गर्ने चेतावनी दिएको हो ।देउवाको धनगढी स्थित घरमा र मन्त्री भट्टको कैलालीको अत्तरियामा रहेको घरमा पठाएको पत्रमा एमसीसीको पक्षमा मतदान गरे जनताबाट बहिष्कार देखि जनकारबाही गर्ने विज्ञप्ति मार्फत धम्कीसहित चेतावनी दिईएको छ ।
नेपाल कम्युनिष्ट पार्टी कैलालीको छाप रहेको पत्रमा एमसीसी जस्तो पेचिलो बिषयमा कैलालीबाट प्रतिनिधित्व गर्ने भट्ट र पुर्व प्रधानमन्त्री देउवाले यसको विपक्षमा मतदान गर्ने अपेक्षा कैलालीबासीहरुले लिएको विज्ञप्तिमा उल्लेख छ ।
‘राष्ट्रियता सम्बन्धि जनताको म्यान्डेडको कदर गर्दै सदनमा एमसीसी परियोजना सम्बन्धि प्रस्तावको विपक्षमा मतदान गर्नुहुनेछ भन्ने अपेक्षा आम राष्ट्रप्रेमी कैलालीबासीहरुको रहेको पनि सो विज्ञप्तिमा उल्लेख गरीएको छ ।
‘यदी नेपाली जनताको राष्ट्रभक्तिको भवना, आवाज र अपिल विपरित तपाईद्धारा उक्त राष्ट्रघाती प्रस्तावको पक्षमा मतदान गरिएको खण्डमा जनस्तरबाट बहिस्कारदेखि जनकारबाहीको सामना गर्न तपाई तयार रहनुहुनेछ भन्ने कुरापनि अवगत गराउन चाहान्छौ विज्ञप्तिमा भनिएको छ ।
विप्लवले एमसिसिको विपक्षमा देशव्यापी रुपमा दवाव दिदै आएको छ ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic