खोटाङका सवै स्थानीय तहका नीति तथा कार्यक्रम प्रस्तुत अधिकांशको भौतिक पूर्वाधारमा प्राथमिकता

  • असार १२, २०७७
  • ३१३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
खोटाङ, १२ असार ःवार्षिक रुपमा प्रस्तुत गरीने नीति तथा कार्यक्रम अन्र्तगत खोटाङ जिल्लामा पनि नीति तथा कार्यंक्रम प्रस्तुत भएको छ
जिल्लाका १० वटौ स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् ।
जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले आफ्नो भुगोल आर्थिक अवस्था अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।दुइ नगरपालिका मध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ का लागि रु ७६ करोड ९० लाख २७ हजार बराबरको बजेट ल्याएको छ ।भने अर्को नगरपालिका हलेसी तुवाचुङ नगरपालिकाले रु ५२ करोड ७८ लाख १४ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।
त्यसैगरी ८ गाउपालिका तर्फ दिप्रुङ चुईचुम्मा गाउँपालिकाले रु ५१ करोड ४२ लाख सात हजार, जन्तेढुङ्गा गाउँपालिकाले रु ३३ करोड ३० लाख २७ हजार,साकेला गाउँपालिकाले रु ३० करोड ७७ लाख ४४ हजार, र ऐसेलुखर्क गाउँपालिकाले रु ४० करोड ८४ लाख ५२ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।
यता बराहपोखरी गाउँपालिकाले रु २८ करोड ३५ लाख ६९ हजार, केपिलासगढी गाउँपालिकाले रु ३३ करोड ८५ लाख ३४ हजार, रावाबेँसी गाउँपालिकाले रु २९ करोड ७७ लाख ९५ हजार र खोटेहाङ गाउँपालिकाले रु ४८ करोड १८ लाख ५९ हजार बजेट बिनियोजन गरेको छ ।
जिल्लाका नौ स्थानीय तहले बुधबार तथा खोटेहाङ गाउँपालिकाले बिहीबार नीति, कार्यक्रम तथा बजेट ल्याएको हो । भगवती दिनानाथ माविका सहायक प्रधानाध्यापक एवं नेपाल शिक्षक महासङ्घ खोटेहाङ गाउँपालिकाका अध्यक्ष सन्तोष ढकालको निधन भएपछि खोटेहाङ गाउँपालिकाले गाउँसभा एक दिनपछि सारेको हो ।जिल्लाका अधिकांश स्थानीय तहले यस वर्ष पनि भौतिक पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेका छन् ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic