लकडाउन अवधिको सबै भाडा मिनाहा गर्न व्यवसायीको माग

  • असार १३, २०७७
  • ९९१ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान, १३ असार ःसरकारले घरभाडा मिनाहा गर्न घरधनीलाई गरेको आग्रह कार्यान्वयन हुन सकेको छैन।
घरभाडाको निर्देशन कार्वान्वयन नभएको अवस्थामा नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन अवधिभरको पूरै भाडा मिनाहा गर्न माग गरेको छ ।
लकडाउनमा पूरै सटर बन्द भएको र लकडाउनको मोडालिटी परिवर्तन भएपछि पनि व्यापार ठप्प रहेको भन्दै महासंघले शुक्रवार एक विज्ञप्ति प्रकाशित गरी लकडाउन अवधिभरको भाडा मिनाहा गर्न माग गरेको हो ।
महासंघका अध्यक्ष नरेश कटुवालले शुक्रबार जारी गरेको विज्ञप्तिमा ‘लामो समय लकडाउन भएको र लकडाउन केही सहज भइसकेपछि पनि व्यापार ठप्प भएका कारण सम्पूर्ण व्यवसायीहरु यतिबेला दैनिक गुजारा टार्नसमेत संकट खेप्नु पर्ने अवस्थामा पुगेको उल्लेख गरेकाछन् ।
महासंघले व्यवसायीहरु घरभाडा होइन दैनिक गुजारा टार्न समेत समस्यामा परिरहेको पनि उल्लेख गरेको छ ।
आम व्यवसायीहरुका लागि कोठा भाडा मुख्य चुनौतीको रुपमा रहेको जनाउदै केही दिनको मात्रै नभई लकडाउन अवधिभरको घरभाडा मिनाहा गर्नुपर्ने माग गरेको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic