कांग्रेसको बैठक भोली बस्दै सशोधित कार्यतालिका अनुमोदन गर्ने

  • असार १५, २०७७
  • ३३९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ असारः नेपाली कांग्रेसको बैठक भोली मंगलबार बस्ने भएको छ । हिजो आइतबार बसेको पदाधिकारीहरुको केन्द्रीय कार्य समितिको बैठकले १६ गते १ बजे केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको कांग्रेस सोतले जानकारी दिएको छ ।
भोलिको बैठकबाट आसन्न १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने अपेक्षा गरिएको छ । कांग्रेसले १४ औं महाधिवेशनको अन्तिम मितिलाई कायमै राख्दै अन्य कार्यतालिका संशोधन गर्ने भएको छ ।
कोरोना भाइरसको संक्रमणसँगै महाधिवेशनको सम्पूर्ण कार्यतालिका प्रभावित भएपछि आइतबार बसेको पदाधिकारी बैठकले फागुन ७ देखि १० गते अन्तिम मितिलाई कायम राख्दै अन्य कार्यतालिका परिर्वतन गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बसेको बैठकले महाधिवेशनको संशोधित कार्यतालिका तय गरेको छ । संशोधित कार्यतालिकालाई अनुमोदन गर्न भोलीको बैंठक बोलाएको स्रोतको दाबी छ ।
कात्तिक १६ गते देखि तल्लो तहको अधिवेशन सुरु गर्ने यसअघिको कार्यतालिका संशोधन गर्दै कांग्रेसले पुसमा पु¥याएको छ । यसअघि नै महाधिवेशनको कार्यतालिका संशोधन गरीसकेको कांग्रेसले संगठन समायोजनसहितका नौ चरणको तालिका संशोधन भइसकेको छ ।
कांग्रेसले महाधिवेशनको तयारी आन्तरीक रुपमा तल्लो तहसम्म शुरु गरेको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic