नेपालको २६ जिल्लामा सलह आतंक

  • असार १६, २०७७
  • ३३१ पटक पढिएको
  • छाल खबर
alt

नेपालको २६ जिल्लामा सलह आतंक
छाल खवर
धरान,१६ असार ः छिमेकी मुलुक भारत हुँदै नेपाल प्रवेश गरेको मरुभूमि सलह किरा (फट्याङग्रा प्रजातिको) नेपालको २६ जिल्लामा फैलिएको कृषि तथा पशु पक्षी मन्त्रालयले जनाएकोछ ।
मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले सो कुरा जनाएको हो ।विभिन्न जिल्लामा पुगेका मध्य सलहको सातवटा समूह तुलनात्मक रुपमा ठूलो रहेको केन्द्रले उल्लेख गरेको छ ।
अनुमानित १० लाख भन्दा बढीको संख्यामा मकवानपुरको बकैया, हेटौँडा नगरपालिकामा देखिएको सलहको समूहले सो क्षेत्रका किसानले एक हजार रोपनी क्षेत्रमा लगाएको मकैबालीमा क्षति गरेको जनाइएको छ ।
रुपन्देहीको सैनामैना क्षेत्रमा न्यून क्षति गरेको ५–७ लाखको संख्यामा रहेको सलहको समूह अधिकांश रुपमाले पाल्पा तथा कपिलवस्तु तर्फ गएको केन्द्रका प्रमुख सहदेव हुमागाईँले जानकारी दिए ।
पाल्पामा चारदेखि पाँच लाखको हाराहारीमा पुगेको सलहको समूहले खेतीमा त्यति क्षति गरेका छैनन् र त्यो समूह स्याङ्जा तथा गुल्मी तर्फ गएको छ ।
८ देखि १० लाखको संख्यामा कपिलवस्तुमा भित्रिएको सलहको समूह पनि खासै क्षति नगरी अर्घाखाँची, दाङ, प्युठान, रोल्पासहितका क्षेत्रमा गएको केन्द्रले उल्लेख गरेको छ ।
यसैगरी चितवन पुगेको सलहको झुण्डमा झण्डै एक लाख तथा सिन्धुलीमा देखिएको झुण्डमा दुई–देखि तीन लाखकको संख्या रहेको जनाइएको छ । चितवनका केही स्थानमा धान बालीमा सलहले क्षति गरेको छ ।
गएको शनिबार भारतसँगको सीमा जोडिएका दक्षिणी क्षेत्रबाट नेपालमा सलहको समूह प्रवेश गरेको थियो ।
वायुको गतिमा आएको परिवर्तनका कारण पूर्वानुमान विपरित नेपालमा मनसुन सुरु भएपछि पनि सलहको समूह प्रवेश गरेको र यसबाट हुने क्षति कम गर्नका लागि प्रयास भइरहेको कृषि मन्त्रालयले दाबी गरेको छ ।
कृषि क्षेत्रमा सलह किराको प्रवेशले ठूलो क्षति गर्दै आएको छ । यस नियन्त्रणका लागि विज्ञसँग छलफल समेत भइरहेको मन्त्रालयले जनाएको छ ।
कतिपय स्थानीय निकायले सलह किरा समाएर ल्याउनेलाई रकम दिने घोषणा समेत गरेकाछन् ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic