भिआइपिको ठेक्का रद्ध गर्न वीपी प्रतिष्ठानलाई श्रम कार्यालयको निर्देशन

  • असार १६, २०७७
  • ३,५४७ पटक पढिएको
  • छाल खबर
alt

भोला श्रेष्ठ

छाल खवर
धरान,१६ असार ः वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई सुरक्षा सेवाको सम्सम्झौता रद्ध गर्न श्रम तथा व्यवसायजन्य विभागले निर्देशन दिएको छ ।
विभागको काठमाडौ स्थित गौशालाबाट २०७७ असार १५ गते पत्र पठाई सो निर्देशन दिइएको हो ।
विभागले प्रष्ष्ठिानलाई चलानी नं २५८७ नम्वरबाट पत्र पठाउदै २०७७÷०२÷१८ गतेको बोलपत्रको सम्झौता रद्ध गर्ने सम्वन्धमा भनि उल्लेख गरीएको छ ।
श्रम ऐन, २०७४ तथा श्रम नियमावलि, २०७५ ले तोकेको दैनिक न्युनतम पारीश्रमिक भन्दा कम रकमको बोलपत्र पेश गरेको श्रमिक आफूतिकर्ता कम्पनी भि.आइ.पि. सेक्यूरिटी प्रा.लि.सुनसरीको सम्झौता स्वत रद्ध हुने देखिएको पत्रमा उल्लेख गरीएको छ ।
श्रम ऐन दफा ४ अनुसार दैनिक न्युनतम सेवा सुविधा ५सय १७ रुपैया दिने व्यवस्था रहेको छ । तर भिआइपिले दैनिक ४सय १७ रुपैया ८३ पैसा दिने गरी सम्झौता गरेको पूर्व सेक्यूरिटी सप्लायर्सले दावी गर्दै आएको छ ।
श्रम विभागले पठाएको पत्रमा श्रम तथा रोगजागर कार्यालय विराटनगर,केटिएम सेक्यूरिटी सर्भिस प्रालि. काठमाडौं, र भिआइपि सेक्यूरिटी सर्भिस प्रा.लि.लाई वोदार्थ दिइएको छ ।
पूर्व सञ्चालक केटीएम सेक्यूरिटी सर्भिस प्रालिले वाईपास गरेर टेण्डर गरेको मिलेमतोमा टेण्डर दिएर आफूमाथि अन्याय भएको वताउदै आएको छ ।
प्रकृया नै नपु¥याई भिआइपिलाई ठेक्का दिएको दावी समेत गर्दै आएको छ ।
सो विषयमा प्रतिष्ठानका उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीसंग ९८४१०९९३१५ मा सम्र्पक गर्दा फोन उठेन ।
स्मरण रहोस भिआइपिसँग गरीएको सम्झौताको प्रतिलिपि समेत छाल खवरसँग सुरक्षित रहेको छ ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic