भिआइपिको ठेक्का रद्ध गर्न वीपी प्रतिष्ठानलाई श्रम कार्यालयको निर्देशन

  • असार १६, २०७७
  • ३,५८० पटक पढिएको
  • छाल खबर
alt

भोला श्रेष्ठ

छाल खवर
धरान,१६ असार ः वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई सुरक्षा सेवाको सम्सम्झौता रद्ध गर्न श्रम तथा व्यवसायजन्य विभागले निर्देशन दिएको छ ।
विभागको काठमाडौ स्थित गौशालाबाट २०७७ असार १५ गते पत्र पठाई सो निर्देशन दिइएको हो ।
विभागले प्रष्ष्ठिानलाई चलानी नं २५८७ नम्वरबाट पत्र पठाउदै २०७७÷०२÷१८ गतेको बोलपत्रको सम्झौता रद्ध गर्ने सम्वन्धमा भनि उल्लेख गरीएको छ ।
श्रम ऐन, २०७४ तथा श्रम नियमावलि, २०७५ ले तोकेको दैनिक न्युनतम पारीश्रमिक भन्दा कम रकमको बोलपत्र पेश गरेको श्रमिक आफूतिकर्ता कम्पनी भि.आइ.पि. सेक्यूरिटी प्रा.लि.सुनसरीको सम्झौता स्वत रद्ध हुने देखिएको पत्रमा उल्लेख गरीएको छ ।
श्रम ऐन दफा ४ अनुसार दैनिक न्युनतम सेवा सुविधा ५सय १७ रुपैया दिने व्यवस्था रहेको छ । तर भिआइपिले दैनिक ४सय १७ रुपैया ८३ पैसा दिने गरी सम्झौता गरेको पूर्व सेक्यूरिटी सप्लायर्सले दावी गर्दै आएको छ ।
श्रम विभागले पठाएको पत्रमा श्रम तथा रोगजागर कार्यालय विराटनगर,केटिएम सेक्यूरिटी सर्भिस प्रालि. काठमाडौं, र भिआइपि सेक्यूरिटी सर्भिस प्रा.लि.लाई वोदार्थ दिइएको छ ।
पूर्व सञ्चालक केटीएम सेक्यूरिटी सर्भिस प्रालिले वाईपास गरेर टेण्डर गरेको मिलेमतोमा टेण्डर दिएर आफूमाथि अन्याय भएको वताउदै आएको छ ।
प्रकृया नै नपु¥याई भिआइपिलाई ठेक्का दिएको दावी समेत गर्दै आएको छ ।
सो विषयमा प्रतिष्ठानका उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीसंग ९८४१०९९३१५ मा सम्र्पक गर्दा फोन उठेन ।
स्मरण रहोस भिआइपिसँग गरीएको सम्झौताको प्रतिलिपि समेत छाल खवरसँग सुरक्षित रहेको छ ।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic