कोरोनाबाट सचेतना अपनाउन सुझाव

  • असार १७, २०७७
  • ९३२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
असार, १७ धरान ःव्यवसायी तथा समुदायका अगुवाहरुका लागि १ दिने कोभिड १९ सम्बन्धी सचेतना कार्यकम सम्पन्न भएको छ ।
सामुदायिक अनुसन्धान केन्द्रको आयोजनामा बुधबारबाट शुरु भएको सो कार्यक्रम धरान २ स्थित होटल नवयूगमा भोली बिविहवार सम्पन्न हुने भएको छ ।
प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम क्षेत्र १(क) अन्तरगत सम्पन्न कार्यक्रम दुई दिनसम्म फरक फरक विषयमा सचेतना गराउने कार्यक्रम संयोजनक शुभेच्छा अधिकारीले जानकारी दिइन ।
बुधवारको कार्यक्रममा सरुवा रोग विशषज्ञ एसिष्टेन्ड प्रोफेसर डा. किशोर गुरुङ्गले कोरोना (कोभिड १९) एउटा सरुवा रोग भएको र केही विशेष सावधानि अपनाउने हो भने यसबाट सजिलै वच्न सकिने बताए ।
उनले कोरोनाबाट डराएर होईन सचेत भएर मात्र बच्न सकिने बताउदै क्रोरोना संक्रमणको त्रासले धेरैलाई विचलित बनाएको उनको भनाई थियो । दैनिक काम व्यवहारमा आएको परिवर्तनले मानसिक रुपमा पनि विचलन आएको उनको दावी रहेकोछ ।
यसबाट बच्न मनो सामाजिक परामर्शको आवशयक पर्ने अर्का सहजकर्ता आसरा सुधार केन्द्रका मनोसामाजिक मरामर्शदाता टिकाराम सिग्देलले बताए । कार्यक्रमको शुभारभ्मा यूपीएफ प्रदेश नं. १ का संयोजकले कार्यक्रमको विषयबस्तु अत्यन्तै सान्दर्भिक भएको कुरा राखेका थिए । कार्यक्रममा धरानमा रहेका समाजका अग्रणी सामाजिक अगुवा महिला तथा महिला उद्यमीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
कार्यक्रममा कोरोना सचेतना सम्वन्धि विभिन्न स्थानमा व्यानर समेत टागिएको कार्यक्रम संयोजक अधिकारीले जानकारी दिइन ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic