कोरोनाबाट सचेतना अपनाउन सुझाव

  • असार १७, २०७७
  • ९५७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
असार, १७ धरान ःव्यवसायी तथा समुदायका अगुवाहरुका लागि १ दिने कोभिड १९ सम्बन्धी सचेतना कार्यकम सम्पन्न भएको छ ।
सामुदायिक अनुसन्धान केन्द्रको आयोजनामा बुधबारबाट शुरु भएको सो कार्यक्रम धरान २ स्थित होटल नवयूगमा भोली बिविहवार सम्पन्न हुने भएको छ ।
प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम क्षेत्र १(क) अन्तरगत सम्पन्न कार्यक्रम दुई दिनसम्म फरक फरक विषयमा सचेतना गराउने कार्यक्रम संयोजनक शुभेच्छा अधिकारीले जानकारी दिइन ।
बुधवारको कार्यक्रममा सरुवा रोग विशषज्ञ एसिष्टेन्ड प्रोफेसर डा. किशोर गुरुङ्गले कोरोना (कोभिड १९) एउटा सरुवा रोग भएको र केही विशेष सावधानि अपनाउने हो भने यसबाट सजिलै वच्न सकिने बताए ।
उनले कोरोनाबाट डराएर होईन सचेत भएर मात्र बच्न सकिने बताउदै क्रोरोना संक्रमणको त्रासले धेरैलाई विचलित बनाएको उनको भनाई थियो । दैनिक काम व्यवहारमा आएको परिवर्तनले मानसिक रुपमा पनि विचलन आएको उनको दावी रहेकोछ ।
यसबाट बच्न मनो सामाजिक परामर्शको आवशयक पर्ने अर्का सहजकर्ता आसरा सुधार केन्द्रका मनोसामाजिक मरामर्शदाता टिकाराम सिग्देलले बताए । कार्यक्रमको शुभारभ्मा यूपीएफ प्रदेश नं. १ का संयोजकले कार्यक्रमको विषयबस्तु अत्यन्तै सान्दर्भिक भएको कुरा राखेका थिए । कार्यक्रममा धरानमा रहेका समाजका अग्रणी सामाजिक अगुवा महिला तथा महिला उद्यमीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
कार्यक्रममा कोरोना सचेतना सम्वन्धि विभिन्न स्थानमा व्यानर समेत टागिएको कार्यक्रम संयोजक अधिकारीले जानकारी दिइन ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic