एसईईको अंक पठाउँदा तीन वर्षको परीक्षाफल हेर्न निजी विद्यायलाई निर्देशन

  • असार १७, २०७७
  • १७७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,१७ असार ः निजी विद्यालयका प्रतिनिधिमूलक संस्थाले माध्यमिक शिक्षा परीक्षा (एसईई)को मूल्यांकन गर्दा विगत तीन वर्षको एसईईको परीक्षाफल समेत अध्ययन गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन० र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन ९एनप्याब्सन० ले बुधबार संयुक्त रुपमा आफ्ना सदस्य विद्यालयहरूलाई यस्तो आग्रह गरेका हुन् ।
प्याब्सनका महासचिव कुमार घिमिरे र एनप्याब्सनका महासचिव सुवास न्यौपानेद्वारा जारी विज्ञप्तिमा नतिजाको सम्बन्धमा अनावश्यक प्रचारप्रसार नगर्न समेत निर्देशन दिइएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रमाणीकरण गरी प्रकाशित नगरुन्जेल अपनाउनुपर्ने गोपनीयता कायम गर्नुपर्ने निर्देशन छ । ‘विद्यार्थीहरूको आन्तरिक मूल्यांकन गर्दा स्वतन्त्र र निष्पक्षताको सिद्धान्त अपनाई विद्यार्थीहरूको सही मूल्यांकन गर्ने र विद्यालयले गरेको मूल्यांकन प्रमाणित आधारहरू अभिलेख राख्ने’ विज्ञप्तिमा भनिएको छ ।

कोभिड–१९ का कारण सरकारले यो वर्ष एसईई नगर्ने भएपछि आन्तरिक मूल्यांकनका आधार नतिजा सार्वजनिक गर्न लागिएको हो । २०७६ चैत ६ गतेका लागि निर्धारत एसईई ५ चैत साँझ स्थगन भएको थियो ।
राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा ३० असारसम्ममा परीक्षा नियन्त्रण कार्यालयमा पुर्‍याउन निर्देशन दिएको छ । विद्यालयहरूले भने असार २० गते भित्रै शिक्षा विकास तथा समन्वय इकाईमा नतिजा पठाइ सक्नुपर्नेछ ।

विद्यार्थीहरूलाई मूल्यांकन समितिले तयार पारेको नतिजाको आधारमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र प्रदान गर्ने शिक्षा मन्त्रालयले जनाएको छ ।
अनलाइन खवरबाट

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic