फेरी सकृय भयो नेकपा एमाले,को को छन् केन्द्रीय समितिमा नामसहित

  • असार १७, २०७७
  • १,४९६ पटक पढिएको
  • छाल खबर
alt

१७ असार, काठमाडौं । नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) मा खैलाबैला मच्चिएको छ।

बामदेव गौतमसहित कतिपय नेताले नेकपाकै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा एमाले दर्ता गर्न खोजिएको दाबी गरेका छन् ।
नेकपा एमाले दल दर्ता गर्न खोज्ने को को हुन् केन्द्रीय समितिमा को(को छ भन्ने विवरण सहितको पत्र प्राप्त भएको छ । १२ असारमा आयोगमा दल दर्ताका लागि महासचिव मनिषकुमार उपाध्यायले आयोगमा निवेदन दिएका रहेछन् ।
दलको अध्यक्ष भने सन्ध्या तिवारी हुन् ।
उनी झापाकै भएको नेकपा बैठकमा चर्चा चलेको थियो । तर उनी मोरङको विराटनगर महानगरपालिका–६ की भएको पाइएको छ ।
दलले आफ्नो छापमा डाँडामा उदाउँदो सूर्य राखेको छ ।
नयाँ पार्टी दर्ताका लागि निवदेन दिने सूचीमा रामेछाप गेलु निवासी रेस्लर भगवती खड्का उपाध्यक्ष छिन् । त्यसैगरी अर्की रेस्लर खोटाङ रातापानीकी अस्मिता सुनार प्रदेश १ को सचिव छिन् ।
प्रस्तावित नेकपा एमालेको केन्द्रीय कमिटीमा प्रायः सबै युवायुवतीहरु छन् । तीमध्ये कतिपय पूर्वएमाले समर्थित छन् भने कोही राजनीतिक पृष्ठभूमिका छैनन् ।
नेकपाको जिम्मेवारीमा नरहेका युवायुवतीलाई राखेर पार्टी दर्ताका लागि निवेदन दिइनुमा एमालेको डोमेन सुरक्षित गर्ने राजनीतिक ध्येय लुकेको हुन सक्ने निर्वाचन आयोगका अधिकारीहरूको अनुमान छ
महासचिव मनिष कुमार उपाध्यायका अनुसार पार्टी अध्यक्ष सन्ध्या तिवारीलाई अहिले सार्वजनिक नगर्ने पार्टीले नीति लिएको छ । पार्टी दर्ताको प्रमाणपत्र पाइसकेपछि बल्ल अध्यक्ष सार्वजनिक हुने महासचिव उपाध्यायले बताए ।
निर्वाचन आयोगमा नेकपा दर्ता भएको एक वर्ष पुगिसकेकाले अब नेकपा एमालेलाई दर्ता हुनबाट कानूनतः रोक्न नसकिने आयोगका कर्मचारीहरु बताउँछन् ।
हाल नेकपाको जिम्मेवारीमै नरहेका युवायुवतीलाई केन्द्रीय समितिमा राखेर मदन भण्डारीको जन्मजयन्तीकै दिनमा पार्टी दर्ताका लागि निवेदन दिइनुले भोलि नेकपामा विभाजन आइहाले पार्टीको डोमेन सुरक्षित गर्ने राजनीतिक ध्येय लुकेको हुन सक्ने निर्वाचन आयोगका अधिकारीहरुको प्रारम्भिक विश्लेषण छ ।

अनलाइन खवरबाट

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic