सुभाष नेम्वाड.लाई प्रधानमन्त्री बनाउने ओली समूहको प्रस्ताव

  • असार १८, २०७७
  • २७५ पटक पढिएको
  • छाल खबर

छाल खवर
काठमाडौं,१८ असार ः सत्तारुढ दल नेकपा भित्र चर्किरहेको विवादका बीच प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली समूहले प्रचण्ड–माधव समूहलाई एक प्रस्ताव पठाएको छ।
स्रोतका अनुसार सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउने गरी ओली समूहले प्रस्ताव बठाएको छ।
स्रोतका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाललाई सल्लाहाकार बनाउने, ओली पार्टी अध्यक्ष हुने र नेम्वाङलाई प्रधानमन्त्री बनाउने प्रस्ताव प्रचण्ड समूहमा पठाइएको छ।
ओली समूहको यो प्रस्तावबारे प्रचण्डले के जवाफ दिए भन्ने आइसकेको छैन। यो विषयमा बुझ्दा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले आफू प्रधानमन्त्री बन्ने कुनै सम्भावना नरहेको बताए।
उनले अहिलेको अवस्था र व्यवस्था अनुसार ओली नै अध्यक्ष र प्रधानमन्त्री हुने बताए ।
नेकपामा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा गर्न भनेको छ। जारी स्थायी कमिटीमा ओलीको राजीनामा मागिएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ।
अल्पमतमा परेपछि के गर्ने भन्ने विषयमा ओलीले राष्टपति विद्यादेवी भण्डारीको छलफल शुरु गरेकाछन् । केही समय यता पार्टीको निर्णय विपरीत सरकार सञ्चालन गरेको भन्दै प्रधानमन्त्रीबाट हटन ओलीलाई दवाव बढन थालेको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic