बीपीमा मेडिकल अफिसरहरू आन्दोलित

  • असार १८, २०७७
  • ४८७ पटक पढिएको
  • छाल खबर


छाल खवर
धरान,१८ असारः तलव वृद्धि भएको एकसाता पनि वित्न नपाउदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत मेडिकल अफिसरहरू फेरी आन्दोलित भएका छन् ।
प्रतिष्ठानको डेन्टल,कार्डियो,ग्यास्ट्रो, पल्मो, पेडियाट्रीक र इमेरजेन्सीमा काम गर्ने मेडिकल अफिसरहरू धर्नामा बसेका हुन् ।
मेडिकल अफिसरहरूले गएको आर्थिक वर्ष २०७६,०७७ मा सरकारको बजेट भाषण अनुसार सरकारी स्केलमा तलब पाउनुपर्ने माग गर्दे अहिले उनीहरूले उपकुलपतिको कार्यालय अगाडी धर्ना बसेका छन् ।
उनीहरुको सरकारी तलब स्केल ४५ हजार तोकिएको छ । तर प्रतिष्ठानले हाल कर कट्टा गरेर २९ हजार ४ सय रुपैयाँ मात्रै दिइँदै आएको छ ।
मेडिकल अफिसरहरू आन्दोलित भएर उपकुलपतिको कार्यालय अगाडी धर्नामा बसेपछि इमरजेन्सी, ग्यास्ट्रो, कार्डियो, पल्मो, पेडियाट्रीक, डेन्टल विभागमा मेडिकल अफिसरहरूको सेवा ठप्प रहेको थियो । एमडी पढ्ने जुनियर रेसिडेन्टहरुले मात्रै सेवा दिएका थिए । १० जना हुनुपर्नेमा २ जनाले मात्रै सेवा दिएका थिए ।
प्रतिष्ठान बाहेकका बीर,पाटन, टिचिङ अस्पताल लगायतका स्वास्थ्य संस्थाहरुले नेपाल सरकारले तोके अनुसार तलब दिइरहेकाछन् । माग पुरा नभएसम्म आफूहरूको आन्दोलन फिर्ता नहुने एक मेडिकल अफिसरले बताए । मागको सुनुवाई नभएसम्म काममा नफर्कने दावी समेत गरेकाछन् ।
केही दिन मात्रै २० प्रतिशत तलव वृद्धि गर्ने भन्दै प्रतिष्ठानले विज्ञप्ति निकालेको थियो ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic