फाउण्डेनले अव सामाजिक सञ्जालवाट मात्र सेवा दिने

  • असार १९, २०७७
  • २०३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान , १९ असार ः लक डाउनको अवधिमा हाम्रो हातेमालो फाउन्डेसनले १ हजार ८३ जनालाई सेवा दिएको जनाएको छ ।
कोराना वाहेकका अन्य रोगका विरामीहरुलाई उपचार तथा परामर्स दिन चिकित्सकहरुको संस्था फाउन्डेसनले चैत्र ११ गते देखी नै हेल्पलाइन सेवा सुरु गरि उपचार सुरु गरेको थियो ।
फाउण्डेसनले हेल्पलाइन वाहेक १० जना विरामीलाई घरमै पुगेर सेवा दिएको थियो भने सामाजिक सञ्जाल मार्फत १ सय २० जना सेवा दिएको र विभिन्न स्थानमा रहेका विरामीहरुको उपचारका लागी स्वास्थ्य शिविर समेत गरेको अध्यक्ष इन्द्र लिम्बुले वताए ।
लकडाउन केही खूकुलो हुदै गएकोले हेल्पलाईन सेवा बन्द गरेको जानकारी दिदै अध्यक्ष लिम्बुले सामाजिक सञ्जालवाट भने सेवा दिइरहने वताए ।
सामाजिक सञ्चाल (फेसबुक)वाट भने सेवा निरन्तर रहने जानकारी दिदै फेसबुक पेजमा गएर आफ्नो समस्या राख्न सक्नुहुने व्यवस्था रहेको वताए । अस्पतालहरुले ओपिडि सेवा शुरु गरेका र उपचार सहज भएको कारण तत्कालको लागी हेल्प लाईन सेवा स्थगित गरेको र सामाजिक सञ्जालको माध्यममावाट भने उपचार सेवा कायम राखेको फाउण्डेसनका सदस्य यौन तथा छाला रोग विशेषज्ञ डा धनकेशर खड्काले वताए ।
चिकित्सक र सर्वसाधारण विचको दुरी कम गर्दै सहज र सरल तरिकाले उपचार सेवा दिने उद्येश्यले स्थापित फाउण्डेसनले स्वास्थ्य शिविरमा निशुल्क औषधी सहित विशेषज्ञ सेवा दिदै आएको छ ।

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic