९३ वर्षको उमेरमा नागरिकता

  • असार १९, २०७७
  • १०८ पटक पढिएको
  • छाल खबर

छाल खवर
भोजपुर,१९ असार ःनेपाली नागरीकता लिन पाउने उमेर कति हो भन्ने प्रश्नको उत्तर सहज रुपमा दिन सक्छन १६ वर्ष भनेर तर भोजपुरमा एउटा नपत्याउने घटना भएको छ ।
भोजपुरको अरुण गाउँपालिकामा एकजना वृद्धले ९३ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेका छन्।
शारीरिक रुपमा समेत अशक्त रहेका स्थानीय लाटा सार्कीलाई जिल्ला प्रशासन कार्यालयले उनी रहेको स्थान अरुण गाउँपालिकाको प्याउली पुगेर नागरिकता वितरण गरेको थियो ।
स्थानीय जनप्रतिनिधि तथा मानव अधिकारीकर्मीले नागरिकता दिलाउनका लागि पहल थालेका थिए।
भोजपुरका संघीय सांसद सुदन किराँतीको निर्देशन पश्चात्सत सार्कीलाई दिने भनिएपनि लकडाउनका कारण ढिला भएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए । नागरीकता नागरीकले पाउने नैसर्गिक अधिकार भएकाले नागरिकता वितरण गरेर राज्यबाट पाउने सेवा सुविधाका लागि पहल गर्ने किरातीले आस्वासन दिएका थिए ।
सार्कीलाई नागरिकता वितरणका लागि सांसद किराँती पनि बुधबार प्याउली पुगेका थिए।
हेरचाह गर्ने अन्य कोही नभएकाले अधिकारकर्मीको अगुवाइमा सार्कीलाई मानव सेवा केन्द्र विराटनगर लैजाने तयारी गरिएको अधिकारकर्मी सम्झना प्रधानले जानकारी दिइन ।
लामो समयदेखि सडकमा बसेर मागेर खाँदै आएका सार्कीलाई अरुण गाउँपालिका– २ को सिफारिसमा वंशजका आधारमा नागरिकता दिएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईंटेलले जानकारी दिए।

उनले आफ्नो नाम बताउन नसक्ने भएकाले स्थानीयले बोलाउँदै आएको लाटा सार्कीको नाममा नागरिकता दिएको उनको भनाइ थियो।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic