मंसिर ४ गतेको निर्णय कार्यान्वयन गर्न ओली तयार नेकपा विवाद सहमति नजिक

  • असार १९, २०७७
  • १४९ पटक पढिएको
  • छाल खबर
alt

काठमाडौँ,१९ असार ः नेकपा विवाद पार्टी विभाजन हुन सक्ने अवस्था आउन लागेको भन्दै देशभरका कार्यकर्ताहरुमा निराश भइरहेको अवस्थामा समाधान गर्न नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विवाद समाधानका लागि सकारात्मक छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच शुक्रबार भएको छलफलमा मंसिर ४ गते ओली र प्रचण्डबीच भएको सहमति कार्र्यान्वयन गर्न सकारात्मक छलफल भएको हो ।
मंसिर ४मा ओलीले पाँच वर्ष सरकार सञ्चालन गर्ने र दाहालले कार्यकारी अध्यक्षको हैसियतमा पार्टी सञ्चालन गर्ने सहमतिलाई कार्यान्वन गरेर अघि बढ्ने प्रारम्भिक समझदारी भएको थियो ।
बैठकको सुरुमा नेताहरुबीच आपसी तिक्तताका विषय छलफल भएपनि पार्टी एकतालाई जोगाउन पूर्ववत् सहमति कार्यान्वयन गरेर अघि बढ्ने पक्षमा सवैको एउटै स्वर रहेको स्रोतको भनाई रहेको छ ।
ओली र दाहालको वीचमा सहमति नजिक रहेपनि दाहालले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसँग पनि परामर्श गर्नुपर्ने धारणा राखेको स्रोतको भनाई रहेको छ ।
दुई अध्यक्षबीच शनिबार बिहान ११ बजे स्थायी समिति बैठक सुरु हुनुअघि फेरि छलफल गर्ने सहमति भएको बालुवाटार स्रोतको भनाइ छ।

नेकपाभित्र बढेको कलहका कारण अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल पक्षले ओलीलाई दुवै पद छाड्न चर्को दबाब दिए पनि ओली मान्न तयार छैनन्।
मंसिर ४ गते दुई अध्यक्षबीच एक अर्काको कार्य क्षेत्रमा हस्तक्षेप नगर्ने, पाँच वर्ष ओलीले नै सरकार चलाउने, सरकार र पार्टीका काम दुई अध्यक्षको सल्लाहमै गर्ने, पार्टीको वैधानिक व्यवस्थालाई कार्यान्वयन र प्रभावकारी बनाउने लगायत विषय समेटिएका छन्।
स्थायी समितिले उक्त निर्णय गरे पनि नेताहरुको टकरावका कारण कार्यान्वयन हुन सकेको छैन। मंसिर ४ गते भएको सहमति कार्यान्वयन गरेर विवाद साम्य हुने अवस्था आए ओलीले स्थायी समिति बैठकमा आत्मालोचना गर्नेछन्।
यसो गरेको अवस्थामा भने पार्टी भित्रको अहिलेको आन्तरिक विवाद हल भएर जाने स्रोतको दावी रहेको छ । शनिवारको वैठकमा मन्त्री मण्डल हेरफेर गर्ने विषय पनि उठने वुझिएको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic