सभामुखद्धारा योजना अनुगमन

  • असार २०, २०७७
  • ३,३११ पटक पढिएको
  • छाल खबर
alt

धरान–८स्थित खहरे खोलामा सञ्चालित योजना अनुगमन गर्दै प्रदेश नं १ का सभामुख प्रदिप कुमार भण्डारी , नेकपा धरान नगर अध्यक्ष नारायण सुवेदी,संगठन विभाग प्रमुख राजमणि निरौला र नेकपा खोटाङ जिल्ला कमिटी सचिव रामप्रसाद दंगाल ।तस्विर विनोद राई

भोला श्रेष्ठ
धरान,१९असार ः यतिवेला असारे योजनाका काम धमाधम भईरहेकोछ । स्थानीय सरकारले आगामी वर्षको वजेट समेत विनियोजन गरीसकेकाछन् । भने चालु आर्थिक वर्षको बजेटबाट विनियोजन गरीएको योजनाहरुको काम धमाधम सञ्चालन भईरहेकाछन् ।
प्रदेश नं. १ का सभामुख प्रदिप भण्डारीलेको आज भोलीको दैनिक दिनचर्या नै फेरीएको छ । उहा सदन सञ्चालन नभएको दिनमा धरानको स्थानीय निकायको विकासको अनुगमनमा व्यस्त रहने गर्नुभएको छ ।
धरान उहाको आफ्नो निर्वाचन क्षेत्रपनि हो । निर्वाचन विकास कोषबाट भइरहेका योजनाको अनुगमन र निर्देशनमा उहाको दैनिकी चलिरहेको छ । विकास निर्माणको काममा ढिलासुस्ती नहोस र समयमै योजना सम्पन्न होस र जनताले समयमै सुविधा उपभोग गर्न सकुन भन्ने आफ्नो चाहाना र धारण रहेको उहाको भनाई रहेको छ ।
सदनको छलफल बाहेकको दिनमा उहा विकासका योजनाहरुको अनुगमनमा सकृयतापूर्वक लाग्ने गर्नुभएको छ । योजनाका कामहरु कति भइसक्यो कति हुन बाकी रहेको छ । अवस्था कस्तो छ भन्ने वास्ताविकता थाहा पाउन पनि अनुगमनले थप सहयोग पुग्ने उहाको भनाई छ ।
उहाले शुक्रबार धरानमा प्रदेश पूर्वाधार विकास कार्यरीक्रम अन्तर्गत भईरहेको विभिन्न विकास निमार्ण कार्यहरूको निरिक्षण गर्नुभएको थियो ।
उहा कै पहलमा सञ्चालित धरान ८, ९ र १२ नं.वडाको खहरे खोला नियन्त्रणका लागिु काम भइरहेको तटवन्ध क्षेत्रको अनुुगमन गर्नुभएको थियो । त्यसैगरी देविगाँउको मुना क्लवको भवनको अनुगमन गर्नुभएको थियो । त्यो क्लवको भवन निर्माणले त्यसक्षेत्रको सामाजिक,क्षेत्रमा ठूलो मद्धत पुगेको स्थानीय वासिन्दा तथा ४ नं वडायो भवनमा संघ संस्थाको साधारण सभा,वैठक,विहे लगायतका कार्य गर्नका लागि समेत सहज भएको  जनप्रतिनिधि धनकुमार राईले वताउनु भयो ।
त्यसैगरी काठेपुलको पूर्वी भागबाट देविगाँउ सिरानसम्मको पक्कि सडक र भृकुटि पाखा धरान ३ मा आरसिसि ढलान बाटोको निर्माण भइरहेको पनि अनुगमन गर्नुभएको थियो ।
सभामुख भण्डारीले निर्माण कार्य योजना अनुसार भइरहेको बताउँदै समयमा नै योजनाहरू पुरा गर्नका लागी आग्रह गरेका गर्नुभएको थियो । निर्माणको क्रममा कुनै पनि समस्या भए प्रदेश सरकारबाट पूर्ण सहयोग हुने समेत उनले विश्वास दिलाउन भएको छ ।

सुच्चा राईद्धारा साकेला पर्वको अवसरमा स्वास्थ्य शि

छाल खवर धरान,४ जेठः सुच्चा राई कल्याण समाजले साकेला उभौली पर्वको अवसरमा निः ...

प्रथम गोर्खा केरावारी रन सम्पन्न

छाल खवर धरान,३ जेठः गोर्खा सेमिट्रिज ट्रष्ट नेपालको आयोजनामा प्रथम गोर्खा क ...

पाथीभरामा केबलकार निर्माण गर्न सर्वोच्चले खोल्यो

छाल खवर धरान,१जेठः सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केवलकार निर् ...

रास्वपाका सभापति एमालेमा

छाल खवर धरान,१ जेठः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रावाबेँसी गाउँप ...

तरुण दल सुनसरी १ मा अजय राई

छाल खवर धरान,३१ वैशाखः नेपाली कांग्रेस पार्टीको युवा संगठन नेपाल तरुण दल सु ...

भारत र पाकिस्तानबीच आज वार्ता

छाल खवर धरान,२८ र्वैशाखः भारत र पाकिस्तानका प्रतिनिधिहरुबीच आज दिउँसो १२ बज ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic