सभामुखद्धारा योजना अनुगमन

  • असार २०, २०७७
  • ३,३६६ पटक पढिएको
  • छाल खबर
alt

धरान–८स्थित खहरे खोलामा सञ्चालित योजना अनुगमन गर्दै प्रदेश नं १ का सभामुख प्रदिप कुमार भण्डारी , नेकपा धरान नगर अध्यक्ष नारायण सुवेदी,संगठन विभाग प्रमुख राजमणि निरौला र नेकपा खोटाङ जिल्ला कमिटी सचिव रामप्रसाद दंगाल ।तस्विर विनोद राई

भोला श्रेष्ठ
धरान,१९असार ः यतिवेला असारे योजनाका काम धमाधम भईरहेकोछ । स्थानीय सरकारले आगामी वर्षको वजेट समेत विनियोजन गरीसकेकाछन् । भने चालु आर्थिक वर्षको बजेटबाट विनियोजन गरीएको योजनाहरुको काम धमाधम सञ्चालन भईरहेकाछन् ।
प्रदेश नं. १ का सभामुख प्रदिप भण्डारीलेको आज भोलीको दैनिक दिनचर्या नै फेरीएको छ । उहा सदन सञ्चालन नभएको दिनमा धरानको स्थानीय निकायको विकासको अनुगमनमा व्यस्त रहने गर्नुभएको छ ।
धरान उहाको आफ्नो निर्वाचन क्षेत्रपनि हो । निर्वाचन विकास कोषबाट भइरहेका योजनाको अनुगमन र निर्देशनमा उहाको दैनिकी चलिरहेको छ । विकास निर्माणको काममा ढिलासुस्ती नहोस र समयमै योजना सम्पन्न होस र जनताले समयमै सुविधा उपभोग गर्न सकुन भन्ने आफ्नो चाहाना र धारण रहेको उहाको भनाई रहेको छ ।
सदनको छलफल बाहेकको दिनमा उहा विकासका योजनाहरुको अनुगमनमा सकृयतापूर्वक लाग्ने गर्नुभएको छ । योजनाका कामहरु कति भइसक्यो कति हुन बाकी रहेको छ । अवस्था कस्तो छ भन्ने वास्ताविकता थाहा पाउन पनि अनुगमनले थप सहयोग पुग्ने उहाको भनाई छ ।
उहाले शुक्रबार धरानमा प्रदेश पूर्वाधार विकास कार्यरीक्रम अन्तर्गत भईरहेको विभिन्न विकास निमार्ण कार्यहरूको निरिक्षण गर्नुभएको थियो ।
उहा कै पहलमा सञ्चालित धरान ८, ९ र १२ नं.वडाको खहरे खोला नियन्त्रणका लागिु काम भइरहेको तटवन्ध क्षेत्रको अनुुगमन गर्नुभएको थियो । त्यसैगरी देविगाँउको मुना क्लवको भवनको अनुगमन गर्नुभएको थियो । त्यो क्लवको भवन निर्माणले त्यसक्षेत्रको सामाजिक,क्षेत्रमा ठूलो मद्धत पुगेको स्थानीय वासिन्दा तथा ४ नं वडायो भवनमा संघ संस्थाको साधारण सभा,वैठक,विहे लगायतका कार्य गर्नका लागि समेत सहज भएको  जनप्रतिनिधि धनकुमार राईले वताउनु भयो ।
त्यसैगरी काठेपुलको पूर्वी भागबाट देविगाँउ सिरानसम्मको पक्कि सडक र भृकुटि पाखा धरान ३ मा आरसिसि ढलान बाटोको निर्माण भइरहेको पनि अनुगमन गर्नुभएको थियो ।
सभामुख भण्डारीले निर्माण कार्य योजना अनुसार भइरहेको बताउँदै समयमा नै योजनाहरू पुरा गर्नका लागी आग्रह गरेका गर्नुभएको थियो । निर्माणको क्रममा कुनै पनि समस्या भए प्रदेश सरकारबाट पूर्ण सहयोग हुने समेत उनले विश्वास दिलाउन भएको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic