खोलाले बगाएर १ बालिका सहित २ जनाको मृत्यु

  • असार २१, २०७७
  • २८६ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२१असार ःझापा र मोरङका २ स्थानमा खोलाले बगाएर १ बालिका सहित २ जनाको मृत्यु भएको छ ।
झापाको कमल गाउँपालिका(५ का ३५ बर्षीय पुष्प राईको खोलाले बगाएर मृत्यु भएको हो ।
शनिवार दिउँसो साँढे १ बजेको समयमा चाजु खोला र रतुवा खोलाको दोभानमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा अचानक खोलाले बगाएर बेपत्ता भएका राईलाई खोजतलास गर्ने क्रममा बगाएको स्थान भन्दा करिव १ किलोमिटर तल सोही खोलाको डिलमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
यसैगरी मोरङको कटहरी गाउँपालिका(७ का प्रधुम्न सरदारको ६ बर्षीया छोरी दिक्षा सरदारको जुडी खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर मृत्यु भएको छ ।
शनिवार दिउँसो ३ बजेको समयमा उक्त खोलामा पौडी खेल्ने क्रममा अचानक खोलाले बगाएर बेपत्ता भएकी बालिकालाई खोजतलास गर्ने क्रममा राती पौने १ बजे बगाएको स्थान भन्दा करिव ३ किलोमिटर दक्षिण मृत अवस्थामा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङलर जनाएको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic