लकडाउनको अवधिमा घरभाडा छुटदिने घरधनीलाई सम्मान

  • असार २२, २०७७
  • ४६३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ असारः लकडाउनको अवधिमा व्यवसायीलाई घरभाडा छुट गर्ने घरधनीहरुलाई सुनसरी उद्योग वाणिज्य संघ धरानले सोमवार सम्मान गरेको छ ।
चैत्र १० गतेदेखि कोरोना (कोभिड–१९) को कारणबाट भएको लकडाउनका कारण उद्योग व्यवसायीलाई पीरमर्का परेको महशुस गरि घरभाडा छुट गर्ने घरधनीलाई सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
लकडाउनको अवधिमा ४५ दिन भन्दा माथि ९० दिनसम्म घरभाडा छुट दिने करिब ४१ जनालाई सम्मानगरिएको संघका कार्यसमिति सदस्य विष्णु बरालले बताउनुभयो । संघका द्वितीय अध्यक्ष अनिल अग्रवालको संयोजक रहेको सो कार्यक्रममा घरधनीका तर्फबाट प्रभुप्रसादश्रेष्ठले घरधनीले घरबहाल छुट दिए झैं नगरपालिकाले पनि करमा छुट दिनुपर्ने माग राख्नुभएको थियो ।
कार्यक्रममा मेयर तिलक राईले कुनै पनिनिकायले घरभाडा छुटका लागि दबाब दिनु भन्दा स्वघोषित रुपमा यसरी घरधनी र भाडावाला दुवै पक्षको सहमतिमा दिईएको छुटले वादविवाद नहुने बताउनुभयो । मेयर राईले घरधनीले घरबहाल कर पनि स्वघोषित रुपमा घोषणा गरि आफ्नो आयलाई वैधानिकबनाउन अनुरोध गर्नुभयो ।
सुनसरी उद्योग वाणिज्य संघका महासचिव राजेश अग्रवालले संचालन गरेको उक्त कार्यक्रममा अध्यक्ष गिरिधारी सापकोटाले लकडाउनको कारण पर्यटन, उद्योग, यातायात व्यवसायी र स्थानीयव्यवसायीहरु मारमा परेको र मनकारी घरधनीहरुले गरेको यो कार्यप्रति सम्पूर्ण व्यवसायीको तर्फबाट आभार प्रकट गर्नुभएको थियो ।
सम्मानित हुने मध्ये केही प्रतिनिधिहरु
सम्मानित हुने मध्ये पहिलो धरान उपमहानगर पालिका परेको छ । उपमहानगरपालिकाले भाडामा लगाएको कोठाहरुमा व्यवसाय सञ्चालन गरेको स्थानमा भाडा छुट गरेको थियो । त्यसैगरी मेयर तिलक राईले आफ्नी पत्नि रिना राईलाई समेत सम्मान गरेका छन् । राईको घरमा व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुलाई छुट दिनुभएको थियो ।
त्यसैगरी सम्मानित हुने मध्येबाट सुनसरी उद्योग वाणिज्य संघका सल्लाहकार प्रा. डा. विक्रमप्रसाद श्रेष्ठ, भूतपूर्व अध्यक्ष पवन कुमार अग्रवाल, कार्यसमितिक सदस्य अनिल ताम्राकार, धरान सरोकार समाज, काठमाण्डौंका अध्यक्ष प्रभुप्रसाद श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका मन्त्री मुकुल कायस्थ, मेन्याङवो कल्याणकारी संघ, समाजसेवी पिङ्गला न्यौपाने लगायत ४१ जना रहेको थिए ।

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic