लकडाउनको अवधिमा घरभाडा छुटदिने घरधनीलाई सम्मान

  • असार २२, २०७७
  • ३६६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ असारः लकडाउनको अवधिमा व्यवसायीलाई घरभाडा छुट गर्ने घरधनीहरुलाई सुनसरी उद्योग वाणिज्य संघ धरानले सोमवार सम्मान गरेको छ ।
चैत्र १० गतेदेखि कोरोना (कोभिड–१९) को कारणबाट भएको लकडाउनका कारण उद्योग व्यवसायीलाई पीरमर्का परेको महशुस गरि घरभाडा छुट गर्ने घरधनीलाई सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
लकडाउनको अवधिमा ४५ दिन भन्दा माथि ९० दिनसम्म घरभाडा छुट दिने करिब ४१ जनालाई सम्मानगरिएको संघका कार्यसमिति सदस्य विष्णु बरालले बताउनुभयो । संघका द्वितीय अध्यक्ष अनिल अग्रवालको संयोजक रहेको सो कार्यक्रममा घरधनीका तर्फबाट प्रभुप्रसादश्रेष्ठले घरधनीले घरबहाल छुट दिए झैं नगरपालिकाले पनि करमा छुट दिनुपर्ने माग राख्नुभएको थियो ।
कार्यक्रममा मेयर तिलक राईले कुनै पनिनिकायले घरभाडा छुटका लागि दबाब दिनु भन्दा स्वघोषित रुपमा यसरी घरधनी र भाडावाला दुवै पक्षको सहमतिमा दिईएको छुटले वादविवाद नहुने बताउनुभयो । मेयर राईले घरधनीले घरबहाल कर पनि स्वघोषित रुपमा घोषणा गरि आफ्नो आयलाई वैधानिकबनाउन अनुरोध गर्नुभयो ।
सुनसरी उद्योग वाणिज्य संघका महासचिव राजेश अग्रवालले संचालन गरेको उक्त कार्यक्रममा अध्यक्ष गिरिधारी सापकोटाले लकडाउनको कारण पर्यटन, उद्योग, यातायात व्यवसायी र स्थानीयव्यवसायीहरु मारमा परेको र मनकारी घरधनीहरुले गरेको यो कार्यप्रति सम्पूर्ण व्यवसायीको तर्फबाट आभार प्रकट गर्नुभएको थियो ।
सम्मानित हुने मध्ये केही प्रतिनिधिहरु
सम्मानित हुने मध्ये पहिलो धरान उपमहानगर पालिका परेको छ । उपमहानगरपालिकाले भाडामा लगाएको कोठाहरुमा व्यवसाय सञ्चालन गरेको स्थानमा भाडा छुट गरेको थियो । त्यसैगरी मेयर तिलक राईले आफ्नी पत्नि रिना राईलाई समेत सम्मान गरेका छन् । राईको घरमा व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुलाई छुट दिनुभएको थियो ।
त्यसैगरी सम्मानित हुने मध्येबाट सुनसरी उद्योग वाणिज्य संघका सल्लाहकार प्रा. डा. विक्रमप्रसाद श्रेष्ठ, भूतपूर्व अध्यक्ष पवन कुमार अग्रवाल, कार्यसमितिक सदस्य अनिल ताम्राकार, धरान सरोकार समाज, काठमाण्डौंका अध्यक्ष प्रभुप्रसाद श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका मन्त्री मुकुल कायस्थ, मेन्याङवो कल्याणकारी संघ, समाजसेवी पिङ्गला न्यौपाने लगायत ४१ जना रहेको थिए ।

फोकस १६ क्लवद्धारा राष्ट्रिय फुटवल खेलाडी लकेन लिम

छाल खवर धरान,१३ वैशाखः फोकस १६ क्लवद्धारा धरानका राष्ट्रिय खेलाडी लकेन लिक् ...

आन्दोलनरत शिक्षकहरुवीच कुटाकुट

छाल खवर धरान,१३ वैशाखः काठमाडौंमा जारी शिक्षकहरुको आन्दोलन २५ औं दिनसम्मा आ ...

भारतमा आतंकवादीद्धारा मारीएका न्यौपानेको धरानमा श्

छाल खवर धरान,१३ वैशाखः भारतको जम्मु काश्मिरको पहलगाममा आतङ्ककारी हमलाबाट भा ...

शिक्षक आन्दोलन २०८१ र नयाँ शिक्षा ऐन

देशभीरका शिक्षकहरू आज कक्षाकोठा छाडेर सरकारसँग नयाँ शिक्षा ऐन जारी गर्ने मा ...

लिङथेप कल्याणकारी समितिको वंशावली विमोचन

छाल खवर धरान,९ वैशाखः लिङथेप कल्याणकारी समिति मादी संखुवासभाको साङधुङ्गेहाङ ...

अनेमसंघ सुनसरीमा नयाँ नेतृत्व चयन

छाल खवर धरान,९ वैशाखः नेकपा (एमार्ले) को जनसंगठन अखिल नेपाल महिला संघ सुनसर ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic