उद्योगी व्‍यवसायीको ७ सुत्रीय माग

  • असार २२, २०७७
  • १,०३७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
मोरड.,२२ असारः प्रदेश १ का उद्योगी व्यवसायीहरुले ७ सुत्रीय माग राखी सरकार समक्ष पेश गरेकाछन् ।
उद्योग संगठन मोरंग, मोरङग ब्यपार संघ लगायत प्रदेश १ का ३६ वटा उद्योग वाणिज्य संघहरुले संयुक्त रुपमा हस्ताक्षर सहित जिल्ला प्रशासन कार्यालय मोरंग मार्फत माग पत्र वुझाएका हुन् ।
सरकारसंग उद्योगी व्‍यवसायीहरुले बैंकको ब्याज घटाउन, किस्ता भुक्तान गर्ने समयावधि थप गर्न, पूर्नकर्जा सुविधा, लकडाउन अवधिको बीमाको प्रिमियम छुट, विद्युत महसुल डिमाण्ड शुल्क, कर तथा राजस्व बुझाउन समयको माग, र कर तथा राजश्व फिर्ता सम्बन्धि माग गरेको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले बताउनुभयो ।
सरकारसंग बारम्वार आग्रह गर्दापनि वेवास्ता गरेको सापकोटाको भनाई रहेको छ ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले नीजि क्षेत्रबाट उठेका माग सम्बोधनका लागि पहल गर्ने आस्वासन दिनुभएको सापकोटाले जानकारी दिनुभयो ।
सापकोटाले प्रधानमन्त्री केपी ओलाी,अर्थमन्त्री युवराज खतिवडा, लगायत मागसंग सम्वन्धित मन्त्री र मन्त्रालयमा माग पत्र पठाएको सापकोटाको भनाई रहेको छ ।
माग पुरा हुने आसा लिएको उहाको भनाई रहेको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic