महासंघमा बढ्यो चुनावी सरगर्मी, यस्ता छन् नेतृत्वका आकांक्षी

  • असार २३, २०७७
  • ३७८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ असारः उद्योगी व्यापारीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय समिति यतिवेला चुनावी मैदानमा होमिएको छ ।
लकडाउनले व्यवसायीहरु निराश भईरहेको वेला आफ्ना एजेण्डा सहित काम गर्छौ भन्दै महासंघको नेतृत्वको लागि चुनावी मैदानमा होमिएको हो ।
उद्योग वाणिज्य क्षेत्रको सबैभन्दा ठूलो संस्थाको रुपमा रहेको महासंघले साउन २६ र २७ गतेका लागि साधारणसभा र निर्वाचनको मिति घोषणा गरेसँगै महासंघ निर्वाचनमा होमिएको हो ।
हलका अध्यक्ष भवानी राणाको दुई वर्षे कार्यकाल सकिएसँगै महासंघले यसअघि चैत २८ र २९ गतेको लागि साधारणसभा र निर्वाचनको मिति घोषणा गरेको थियो । तर, घोषित कार्यक्रम अघि कोरोना महामारीको संकट चुलिएपछि त्यसलाई स्थगित गरिएको थियो ।
वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन् । ढकाल हाल एशोसिएट्स तर्फका उपाध्यक्ष हुन् भने प्रधान जिल्लारनगरतर्फका उपाध्यक्ष हुन् ।
ढकाल प्यानलको एशोसिएट्स उपाध्यक्षमा रामचन्द्र सांघाई, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ तथा जिल्लारनगर उपाध्यक्षमा गुणनिधि तिवारी छन् । उता, प्रधान प्यानलमा एशोसिएट्स उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ तथा जिल्ला र नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
महासंघका ४ मुख्य पद मध्ये वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल र किशोर प्रधान, एशोसिएट्स उपाध्यक्षमा रामचन्द्र सांघाई र सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ तथा जिल्ला र नगरतर्फको उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ प्रतिस्पर्धामा छन् ।
अघिल्लो कार्यकालको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने महासंघको विधान बमोजिम आगामी कार्यकालको अध्यक्षको जिम्मेवारी हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई हस्तान्तरण हुनेछ । त्यस बाहेक वरिष्ठ उपाध्यक्ष, एशोसिएट्स, वस्तुगत र जिल्ला र नगरको तर्फ गरी तीनजना विषयगत उपाध्यक्ष तथा ६५ जना कार्यकारिणी सदस्यका लागि भने निर्वाचन हुनेछ ।
कुन–कुन पदमा हुँदैछ निर्वाचन
विशेष र मानार्थ सदस्यबाहेक नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत हाल तीन प्रकारले सदस्यता दिने चलन छ । जिल्ला र नगर उद्योग वाणिन्य संघ, वस्तुगत संघ र एशोसिएट्स सदस्यहरु महासंघको सदस्य हुन पाउँछन् । हाल ११२ वटा जिल्ला र नगर संघ, १०३ वटा वस्तुगत संघ, ९ वटा द्धिराष्ट्रिय संघ तथा ४३ प्रकारका उद्योग अन्तर्गत ९१७ सदस्यहरु छन् । ती सदस्य मध्येबाट ७५ जनाको कार्यकारिणी समिति बन्ने महासंघको विधानमा उल्लेख गरिएको छ ।
कार्यकारिणी समितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, निवर्तमान अध्यक्ष र अन्य विषयगत संघका उपाध्यक्षहरु, कोषाध्यक्ष ७ सदस्यीय पदाधिकारी तथा अन्य सदस्यहरु रहनेछन् । अन्य सदस्यहरुमा प्रत्येक प्रदेश वाणिज्य संघका अध्यक्ष, जिल्ला र नगर उद्योग वाणिज्य संघले निर्वाचित गर्ने कुल २५ जना, एशोसिएट्स सदस्यहरुले निर्वाचित गर्ने १९ जना, वस्तुगत संघले निर्वाचित गरेको १४ जना, द्विराष्ट्रिय संघबाट १ जना र महासंघको संस्थापक सदस्य मध्येबाट निर्वाचित १ जना रहन्छन् । द्विराष्ट्रिय संघको संख्या २० पुगेपछि मात्रै सो संघको तर्फबाट एकजना उपाध्यक्षको प्रतिनिधित्व गराउने व्यवस्था भएकोमा हाल त्यस्तो संघ ९ वटा मात्रै भएकोले अहिलेसम्म महासंघमा ३ जना मात्रै उपाध्यक्ष रहने व्यवस्था गरिएको छ ।
महासंघको कार्यकारिणी समितिका पदाधिकारी मध्ये निवर्तमान अध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भएबमोजिम सो पदका लागि निर्वाचन हुने छैन । त्यस्तै, निवर्तमान अध्यक्ष कार्यसमितिका पदाधिकारी हुने भएकोले त्यसमा पनि निर्वाचन हुने छैन । त्यस्तै, कोषाध्यक्षको निर्वाचन पनि निर्वाचित कार्यकारिणी समितिका सदस्य मध्येबाट हुने भएकोले यसमा समेत तत्काल निर्वाचनको सरगर्मी देखिएको छैन । त्यसबाहेक प्रदेश संघको चुनाव समेत तत्कालै नहुने भएकोले अहिले ७ जना सदस्यको चुनावी प्रतिस्पर्धा समेत हुने छैन । यस प्रकार वरिष्ठ उपाध्यक्ष र तीनजना उपाध्यक्ष र कार्यकारिणी सदस्यसहित ६३ पदको लागि सो दिन निर्वाचन हुनेछ ।
महासंघको वरिष्ठ उपाध्यक्षका लागि सबैभन्दा ठूलो प्रभाव जिल्ला र नगरले राख्छ । जिल्ला र नगर संघको तर्फबाट वरिष्ठ उपाध्यको निर्वाचनमा ५० प्रतिशत मताधिकार रहन्छ । त्यस्तै, एशोसिएट्स र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट ३० प्रतिशत तथा वस्तुगत संघबाट २० प्रतिशत मताधिकार रहने व्यवस्था गरिएको छ । विषयगत उपाध्यक्षका लागि भने सम्बन्धित विषयगत समूहका प्रतिनिधिहरुले मात्रै मतदान गर्न पाउने भएकोले यो मताधिकार हिस्साले अर्थ राख्दैन ।
यस्ता छन् आकांक्षी
हाल वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका चन्द्र ढकाल आईएमई समूहका अध्यक्ष हुन् । हाल एशोसिएट्स उपाध्यक्ष रहेका उनी यसअघि सो पदमा सर्वसम्मत रुपमा निर्वाचित भएका थिए । जिल्लारनगर संघतर्फ पनि राम्रो छ ।
कस्ता छन् ढकालका चुनावी एजेण्डा
जिल्ला तथा नगरसम्मको व्यवसायिक नेटवर्कलाई नै आफ्नो जितको मुख्य आधार मानेका थिए । उनले महासंघमा आफू निर्वाचित भएमा कर, विद्युत् महशुल जस्ता उद्योगीहरुका समस्या समाधान गर्न पहल गर्ने, सेज, औद्योगिक क्षेत्र र उद्योग ग्रामहरु बनाएर आन्तरिक उत्पादन तथा निर्यात बढाउने योजना रहेको समेत बताएका छन् ।
उता अर्का प्रतिस्पर्धी किशोर प्रधान पनि जिल्ला तथा नगर सभापतिमा सर्वसम्मत रुपमै निर्वाचित भएका व्यक्ति हुन् । उद्योग वाणिज्य संघ मोरङबाट २५ वर्षअघि महासंघको राजनीतिमा आएका उनी अघिल्लो कार्यकाल वरिष्ठ उपाध्यक्ष पदमा शेखर गोल्छासँग पराजित भएका थिए । तात्कालिन जिल्ला र नगर उपाध्यक्ष प्रमोद श्रेष्ठ बेनी नगरपालिकाको मेयरमा निर्वाचित भएपछि रिक्त रहेको स्थानमा उनलाई सर्वसम्मत चयन गरिएको हो ।
 प्रधानले उनले साना तथा मझौला उद्योगहरुको तर्फबाट आफूलाई अत्यधिक समर्थन प्राप्त हुने अवस्था रहेको र त्यो नै आफ्नो जितको मुख्य आधार भएको बताएका छन् ।
भावी अध्यक्ष शेखर गोल्छाको समेत समर्थन आफूलाई रहेको कारण आफ्नो जित सुनिश्चित रहेको समेत उनको दाबी थियो । उनले आफू निर्वाचित भएमा कन्ट्याक्ट फार्मिङ मार्फत् देशमा उत्पादन र रोजगारीको सिर्जना गर्ने उनले बताएका छन् ।
एशोसिएट्सतर्फ उम्मेदवारी दिने सौरभ ज्योति ज्योति समूहका सञ्चालक हुन् । अघिल्लो निर्वाचनमा एशोसिएट्स उपाध्यक्षमा उम्मेदवारी दिएका उनले चन्द्र ढकालका लागि सो पद छाडिदिएका थिए ।
अर्का उपाध्यक्ष रामचन्द्र भने एनआईशी एशिया बैंकका सञ्चालक छन् । ढकाल प्यानलबाट उनलाई अन्तिम समयमा उपाध्यक्षको उम्मेदवार बनाइएको हो ।
वस्तुगत उपाध्यक्ष अन्तर्गत अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । उमेशलाल श्रेष्ठ हालका उपाध्यक्ष हुन् भने अञ्जन श्रेष्ठ हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्षी इन्टरकन्टिनेन्टलका प्रवन्ध निर्देशक हुन् ।
उनी यसअघि नेपाल अटोमोबाइल्स डिलर्स एशोसिएसनका अध्यक्ष समेत थिए । त्यस्तै जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारीबीच प्रतिस्पर्धा हुने भएको छ । श्रेष्ठ यसअघि पशुपति प्रदीपजंग पाण्डे र पशुपति मुरारकाको कार्यकालमा वस्तुगत उपाध्यक्ष भइसकेका व्यक्ति हुन्
उपाध्यक्ष भइसकेका व्यक्ति हुन् भने तिवारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष हुन् । उनी विगत १५ वर्षदेखि महासंघको केन्द्रीय कार्यकारिणी सदस्यको रुपमा क्रियाशील छन् ।
रातोपाटी

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic