सुनसरी प्रहरीलाई लागू औषधमा हालसम्मकै ठूलो सफलता भएको दावी

  • असार २७, २०७७
  • ३,४९४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
असार, २७ धरान ः नया कार्यालय प्रमुख आएसंगै सुनसरी प्रहरीले लागूऔषध नियन्त्रणमा सफलता प्राप्त गरेको छ । प्रहरी सकृयतासंगै लागू औषध कारोवारमा संलग्नहरुको कारोवार निर्मुल हुने अवस्था श्रृजना हुन थालेको छ ।
्जिल्ला प्रहरी कार्यालय सुनसरी जिल्लामा लागुऔषधको कारोवार निर्मुल पार्ने अभियान समेत सञ्चालन गर्दै आएको छ । अभियानलाई सफल वनाउनका लागि लागुऔषधको सञ्जाल पहिल्याउनेमा आफ्नो ध्यान केन्द्रीत गर्दै अनुसन्धानलाई तिव्र वनाएको छ ।
सुनसरी प्रहरीले लागुऔषध विरुद्ध चालेको स्विप अप्रेसनको अभियान अन्र्तगत लागुऔषध कारोबारीको हालसम्मकै ठुलो सञ्चाललाई नियन्त्रणमा लिन सफल भएको दावी समेत सुनसरी प्रहरीले गरेको छ ।
छिमेकी मुलुक भारतमा वसेर नेपालमा लागूऔषध सप्लाई गर्ने र सुनसरीलाई ट्रान्जिट पोइन्ट वनाएर देशभरका विभिन्न शहरसम्म लागू औषध कारोवार गर्ने गिरोह नै समात्न सफल भएको जिल्ला प्रहरी कार्याल सुनसरीका प्रमुख कमल थापाले दावि गर्नुभएको छ ।थापा केही दिन अघि मात्र सुनसरीमा प्रमुख भएर आउनु भएको थियो ।
शुक्रवार सुनसरी प्रहरीले पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार भारतीयले सीमामा ल्याई लागुऔषध भण्डारण गर्ने र नेपाल तर्फ रहेका व्यक्तिले सुनसरी हुदै मोरङ, झापा, सप्तरी, उदयपुर लगायतका जिल्लाहरुमा सप्लाई गर्ने गरेको देखिएको छ । लागू औषध नियन्त्रको क्षेत्रमा निकै ठूलो उपलव्धि मानिएपनि पूर्ण भने नभएको प्रमुख थापाको भनाई रहेको छ । अपराध अनुसन्धानका कतिपय घटनामा वास्तविकतासम्म पुग्न समय लाग्ने भएकोले छिटो परिणामको समाजको अपेक्षाका कारण पनि प्रहरीले वदनाम खेप्नु परेको उहाको भनाई थियो ।
अनुसन्धानको पाटो एकातिर समाजको वुझाई अर्कोतिर हुने हुदा पनि कतिपय घटनामा प्रहरीलाई वदनाम गर्ने गरीएको घटना पनि भएको वताउदै अनुसन्धानका क्रममा भएका विषयहरुलाई वुझिदिन आग्रह समेत गर्नुभएको थियो ।

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic