सुनसरी प्रहरीलाई लागू औषधमा हालसम्मकै ठूलो सफलता भएको दावी

  • असार २७, २०७७
  • ३,५४० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
असार, २७ धरान ः नया कार्यालय प्रमुख आएसंगै सुनसरी प्रहरीले लागूऔषध नियन्त्रणमा सफलता प्राप्त गरेको छ । प्रहरी सकृयतासंगै लागू औषध कारोवारमा संलग्नहरुको कारोवार निर्मुल हुने अवस्था श्रृजना हुन थालेको छ ।
्जिल्ला प्रहरी कार्यालय सुनसरी जिल्लामा लागुऔषधको कारोवार निर्मुल पार्ने अभियान समेत सञ्चालन गर्दै आएको छ । अभियानलाई सफल वनाउनका लागि लागुऔषधको सञ्जाल पहिल्याउनेमा आफ्नो ध्यान केन्द्रीत गर्दै अनुसन्धानलाई तिव्र वनाएको छ ।
सुनसरी प्रहरीले लागुऔषध विरुद्ध चालेको स्विप अप्रेसनको अभियान अन्र्तगत लागुऔषध कारोबारीको हालसम्मकै ठुलो सञ्चाललाई नियन्त्रणमा लिन सफल भएको दावी समेत सुनसरी प्रहरीले गरेको छ ।
छिमेकी मुलुक भारतमा वसेर नेपालमा लागूऔषध सप्लाई गर्ने र सुनसरीलाई ट्रान्जिट पोइन्ट वनाएर देशभरका विभिन्न शहरसम्म लागू औषध कारोवार गर्ने गिरोह नै समात्न सफल भएको जिल्ला प्रहरी कार्याल सुनसरीका प्रमुख कमल थापाले दावि गर्नुभएको छ ।थापा केही दिन अघि मात्र सुनसरीमा प्रमुख भएर आउनु भएको थियो ।
शुक्रवार सुनसरी प्रहरीले पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार भारतीयले सीमामा ल्याई लागुऔषध भण्डारण गर्ने र नेपाल तर्फ रहेका व्यक्तिले सुनसरी हुदै मोरङ, झापा, सप्तरी, उदयपुर लगायतका जिल्लाहरुमा सप्लाई गर्ने गरेको देखिएको छ । लागू औषध नियन्त्रको क्षेत्रमा निकै ठूलो उपलव्धि मानिएपनि पूर्ण भने नभएको प्रमुख थापाको भनाई रहेको छ । अपराध अनुसन्धानका कतिपय घटनामा वास्तविकतासम्म पुग्न समय लाग्ने भएकोले छिटो परिणामको समाजको अपेक्षाका कारण पनि प्रहरीले वदनाम खेप्नु परेको उहाको भनाई थियो ।
अनुसन्धानको पाटो एकातिर समाजको वुझाई अर्कोतिर हुने हुदा पनि कतिपय घटनामा प्रहरीलाई वदनाम गर्ने गरीएको घटना पनि भएको वताउदै अनुसन्धानका क्रममा भएका विषयहरुलाई वुझिदिन आग्रह समेत गर्नुभएको थियो ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic