मिडिया कानुन सम्बन्धी जानकारी

  • असार २७, २०७७
  • ७०९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
असार,२७ असार ःरूपान्तरण नेपालको आयोजनामा र निर्वाचन क्षेत्र बिशेष कार्यक्रमको बिशेष सहयोगमा शुक्रवार धरानमा एक कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा धरानका सञ्चारकर्मीहरुलाई मिडिया सम्बन्धी कानुनको जानकारी र संचार सामाग्रीहरु वितरण गरिएको थियो
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रदेश नं. १ का सभामुख प्रदिपकुमार भण्डारीले कोरोनाबाट आफु वच्न र अरुलाई पनि बचाउन सवैले सर्तकर्ता अपनाउनु पर्नेमा जोड दिदै यसका लागि भौतिक दूरी आवश्यक रहेको वताउनु भयो । कोरोना महामारी न्युनिकरणका लागि पत्रकारहरुले खेलेको महत्वपूर्ण रहेको भन्दै यस कार्यको निरन्तरताको लागि सहयोग गरेको बताउनुभयो ।
संचारकर्मीहरुको हितका लागि काम गर्न आफू सधै तयार रहेको समेत उहाले वताउनुभयो ।
कार्यक्रममा धरानका करिव २५ जना संचारकर्मिहरुलाई प्रेस ज्याकेट , माक्स , डटेपन तथा डायरी वितरण गरिएको थियो । कार्यक्रममा मिडिया कानुन सम्बन्धी सहजिकरण कानुनविद तथा ब्लास्ट टाइम्स दैनिकका सम्पादक किशोर कुमार कार्किले गर्नु भएको थियो । आयोजक संस्थाकी अध्यक्ष सविता राईले नयाँ संचारकर्मीहरुलाई मिडिया कानुनको जानकारी लिन अपरिहार्य भएकोले र पुराना पत्रकारलाई पुर्नताजकी गराउनको लागि कार्यक्रमको आयोजना गरएिको वताउनुभयो ।
कार्यक्रममा नेकपा धरान नगरकमिटीका संगठन प्रमुख राजमणि निरौला लगायतको समेत सहभागिता रहेको थियो ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic