नट एनिमोर सेमिनार आयोजना गरीने

  • असार २८, २०७७
  • ८७१ पटक पढिएको
  • छाल खबर
alt


रोटर्याक्ट क्लव अफ धरान घोपा र पोलिटीकल लिट्रेसी फर ओमन नेपालको संयुक्त आयोजनामा धरानमा नट एनिमोर सेमिनार आयोजना हुने भएको छ ।
सुचना प्रविधिको गुगल मिट मार्फत   जुलाई १८ अर्थात साउन ३ गते आयोजना गरीने भएको छ ।हुने सो कार्यक्रममा पूर्वको सवैस्थानबाट सहभागी हुन सकिने अयोजक क्लव रोटर्याक्टाका जनसम्पर्क अधिकारी रुचि आचार्यले जानकारी दिएकीछिन् ।
विश्वभरी माहामारीको रुपमा फैलिएको कोरानो भाइरस (कोविड १९)को संक्रमणको सयममा सामाजिक सञ्चालको उपयोग अन्य समयमा भन्दा अत्याधिक मात्रामा रहेको र सो समयमा अनलाईन यौन दुव्यवहार र समाजमा यौनजन्य दुव्यवहारका घटना हुने क्रममा बृद्धि भएकोले सचेतनाका लागि सो कार्यक्रमको आयोजना गर्न लागिएको निवर्तमान अध्यक्ष रो.दिपेन्द्र यादवले जानकारी दिएकाछन् ।
समाजमा यस्ता घटनहरु दिन प्रतिदिन वृद्धि हुदै गएकोले यसको न्युनिकरणका लागि े कार्यक्रम तय गरीएको कार्यक्रम संयोजक सिन्जिन घिमिरेले जानकारी दिएकाछन् ।
यो कार्यक्रमले त्यस्ता घटनालाई निरुत्साहित वनाउन मद्धत पुग्ने समेत उनको विश्वास रहेको छ ।
कार्यक्रमलाई प्रभावकारी रुपमा सफल वनाउनका लागि पूर्वका ११ वटा क्लवहरु ले सहयोगी संस्थाको रुपमा भूमिका निर्वाह गरेकाछन् ।
जसमा रोटर्याक्ट क्लव अफ धरान,रोटर्याक्ट क्लव अफ इटहरी,रोटर्याक्ट क्लव अफ विराटनगर,रोटर्याक्ट क्लव अफ विराटनगर डाउनटाउन,रोटर्याक्ट क्लव अफ विराटनगर फ्युजन,रोटर्याक्ट क्लव अफ दमक,रोटर्याक्ट क्लव अफ विर्तामोड,रोटर्याक्ट क्लव अफ विर्तामोड मिडटाउन,रोटर्याक्ट क्लव अफ काकडभिट्टा रहेकाछन् ।
यस कार्यक्रममा इच्छुक जो सुकैले पनि सहभागीता जनाउन सकिने र त्यसका लागि दिइएको लिंकमा रजिष्ट्रार गर्न सकिने व्यवस्था रहेकोछ ।
लिंकका लागि रोटर्याक्ट क्लव अफ धरान घोपाको फेसवुक पेजमा गएर लिंक लिन र शेयर गर्न सकिने व्यवस्था मिलाइएको समेत जानकारी दिइएको छ ।

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic