खानेपानी आयोजना जिम्मा लिन नेकपाले ब्ल्याक मेलिङ गरेको कांग्रेस सचिवको आरोप वोर्डमा ल्याउने नीतिगत निर्णय हो कसैसंग खुसामत गर्नुपर्दै वडाध्यक्ष–गिरी

  • असार २८, २०७७
  • ७५० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
असार, २७ धरान ःखानेपानी व्यवस्थापन बोर्डमा नेपाल खानेपानी संस्थान धरान शाखालाई गाभ्नको लागि नेकपाका जनप्रतिनिधिहरुले ब्ल्याकमेलिङ गरिरहेको नेपाली कांग्रेसका जिल्ला सचिव एवम् सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिका संयोजक सुजेन्द्र गोलेले आरोप लगाएकाछन् ।
नगर प्रमुख तिलक राईको नाममा बेरुजु भएको भन्दै आयोजना जिम्मा लिन र संस्थानलाई बोर्डमा गाभ्न कार्यपालिका र नगर परिषद वहिष्कार गरेर ब्ल्याकमेलिङ गरेको आरोप लगाए ।
दुईतिहाईको दम्भमा नेकपाका जनप्रतिनिधिहरुले आफैले विज्ञको समिति बनाई आयोजनाको मूल्यांकन तथा प्राविधिक र आर्थिक परीक्षण गर्ने र विज्ञको प्रतिवेदनको आधारमा आवश्यक निर्णय लिइने भनि कार्यापालिका बैठकमा गरेको निर्णयको समेत प्रवाह नगरी यसरी दवाव र व्ल्याकमेलिङ गर्नुले आयोजनामा ठुलै चलखेल भएको हुनसक्ने गालेले आशंका समेत गरेकाछन् ।
आयोजना अनुगमन समितिका संयोजक समेत रहेका गोलेले आयोजनाले डिपिआर र सम्झौता बमोजिम कुनैपनि लक्ष्य पूरा गर्न नसकेको बताए ।
आयोजनाले सन् २०३१ सम्ममा वृद्धि हुने जनसंख्यालाई ७ मिटरको प्रेसरमा दैनिक न्यूनतम् १६ घण्टा शुद्ध पानी उपलब्ध गराउने भनिएपनि वर्षायाममा समेत उक्त मापदण्ड र लक्ष्य हासिल भएको नपाइएकाले प्राविधिक र व्यवहारिक रुपमै आयोजना असफल भईसकेको उनले बताए ।
हाल दिन विराएर पानी वितरण गर्ने गरेको, उपभोक्ताले पानीमोटर जडान गर्नुपरेको, धमिलो र लेदो मिसिएको पानी खान वाध्य भएको तथा कतिपय वडाहरुमा परीक्षण अवधिमै ट्याङकरवाट पानी उपलब्ध गराउनु परेको, डिपिआर विपरित थप २ वटा वेल निर्वाचन आचारसंहिता उल्लंघन गरी निर्माण गरेको जस्ता ज्वलन्त उदाहरणले पनि आयोजना असफल भएको पुष्टि भएको उनले दावी गरेकाछन् ।
यता धरान १६ का वडाध्यक्ष दिलकुमार गिरीले भने वोर्डमा ल्याउने विषय आयोजना सम्झौता हुदा नै भएको नीतिगत निर्णय भएको दावी गर्दै अहिलेको विवादमा पार्टीको कुनै भूमिका नभएको स्पष्ट पारेकाछन् ।
खानेपानी संस्थानलाई धरान खानेपानी वोर्डमा ल्याउने भन्ने कुरा सम्झौतामा नै उल्लेख गरीएकोले त्यो कसैले विरोध गर्दा र समर्थन गर्दा केही फरक नहुने दावी समेत गर्नुभयो । नीतिगत निर्णय भएकोले सिंगो नगर सरकार नै वोर्डमा ल्याउन लाग्नुपर्नेमा जोडदिनुभयो ।
आफुहरुले संस्थाानलाई वोर्डमा ल्याउनका दवाव दिन नगर परिषद वहिष्कार नगरेको दावी गर्दै नगरप्रमुखको विषयमा उठेका सवालमा स्पष्ट हुन र नगरप्रमुखको गरीमालाई कायम राख्नका लागि वास्तविकता के हो स्पष्ट भएर अघि वढनका लागि केही समय स्थगित गरेको दावी समेत गर्नुभयो ।

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic