सभाषद आचार्यद्वारा बाढी प्रभावित क्षेत्र निरीक्षण दिर्घकालिन योजनाका लागि पहल गर्ने प्रतिवद्धता

  • असार ३०, २०७७
  • १,००३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
असार,३० असार ःयतिवेला सभाषदरु आफ्नो निर्वाचन क्षेत्रका विकासे काम होस वा बाढी पहिरो पीडित क्षेत्रमा राहतका लागि र निरीक्षणमा तल्लिन रहेकाछन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रदेश १ का प्रदेश सभा सदस्य भीम आचार्य पनि आफ्नो निर्वाचन क्षेत्रका जनताको बाढीपीडितहरुको अवस्था वुझ्न र निरीक्षणमा तल्लिन रहनुभएको छ ।
सभाषद आचार्यले सोमवार आफ्नो निर्वाचन क्षेत्र अन्र्तगतको सुनसरी क्षेत्र १ स्थित धरान उपमहानगरपालिकाका बाढी प्रभावित क्षेत्रको निरिक्षण गर्नुभएको छ ।

सुनसरी क्षेत्र १ को ख बाट निर्वाचिन आचार्यले धरान क्षेत्रको बाढी तथा पहिरोले क्षति पु¥याएको क्षेत्रहरुमा निरिक्षण गर्नुभएको थियो ।
उहाले धरान–७ स्थित खहरेले पु¥याएको क्षतिको निरिक्षण धरान,५,६,१५,१३,१६,१७ नं. वडामा बाढीले पु¥याएको क्षतिको निरीक्षण गर्नुभएको थियो । उहा धरान–१७ स्थित सर्दु खोलाले क्षति पु¥याएको बाढी पीडितहरुको घरमा पुगेर सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

बाढीले धरानको सुकुम्वासी बस्ती, सर्दु, सेउती र सेरा खोलाले क्षति पु¥याएको थियो ।
आचार्य समक्ष स्थानीयवासीहरुले सेउती सर्दु करिडोर चाढो संचालन गरि धरानमा हुने बाढी पहिरोको स्थायी समाधान खोज्न माग राखेका थिए ।

सांसद आर्चायले धरान क्षेत्रको खोलाको निरिक्षण गर्दै क्षति न्युनिकरणका लागी तत्काल कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
आचार्यका अनुसार धरानको सर्दु, सेउती, शेहरा तथा अँधेरी खोलाको निरिक्षण गर्दै यि सबै क्षेत्रमा तत्काल क्षति न्युनिकरणका लागी करिब ५ सय तारजाली लगाई रोकथाम गरीनेछ ।बाढी प्रभावित क्षेत्रमा दिर्घकालिन सुरक्षा योजनाहरू ल्याउने नेता आचार्यले विश्वास दिलाउनु भएको थियो ।

निरिक्षण टोलीमा नेकपा केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य किरण राइ, प्रदेश सभा सदस्य उमिता बराइली, नेकपा प्रदेश कमिटी सदस्यहरु मुक्साहाङ मेन्याङवो, आइन्द्रविक्रम बेघा, जिल्ला कमिटी सचिव रमेश बस्नेत, सदस्यहरु प्रकाश राई, चोत्लुङ, पदम लिम्बु, नगर अध्यक्ष सुवेदी, सचिव सुदर्शन श्रेष्ठ सम्वन्धित वडाका वडाध्यक्ष लगायतको सहभागीता रहेको थियो ।

 

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic