विपन्न वाढी तथा लकडाउन पिडितलाई राहत प्रदान

  • असार ३१, २०७७
  • २६५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३१ असार ः धरानका बाढी पिडित तथा लकडाउन पिडिलाई अति विपन्न परिवारलाई खाद्यन्न राहत वितरण गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाको सहयोग तथा ग्रामिण क्लब हाउस, इटहरीको आयोजना र नेपाल आदिवासी जनजाति महासंघको संघीय सचिवालयको समन्वयमा उनीहरुलाई राहत वितरण गरिएको हो ।

नेपाली कांग्रेस सुनसरीका जिल्ला सचिव एवम् प्रवक्ता तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्व पूर्वाञ्चल संयोजक सुजेन्द्र गोले तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा धरान उपमहानगरपालिकाका ५ नं. वडा, ८ नं. वडा र १३ नं. वडाका अति विपन्न बाढी पिडित र लकडाउन पिडित ४० परिवारलाई १० किलो चामाल, १ किलो दाल, १ लिटर तेल, १ किलो नुन लगायतका खाद्यन्न सामाग्री वितरण गरिएको छ ।

बाढी र लामो समयको लकडाउनवाट अक्रान्त बनेका विपन्न र पिडितहरुलाई आवश्यक खाद्यन्न सामाग्री प्रदान गरी उच्च मानवीय कार्य गरेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ, न्यूयोर्क, अमेरिकाका अध्यक्ष लोक चेम्जोङ, हाल अमेरिकामा रहनुभएका ग्रामिण क्लब हाउस इटहरीका अध्यक्ष मुकुन्द सुवेदी र नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामलाई प्रमुख अतिथि तामाङले विशेष धन्यवाद दिएका छन् ।

ग्रामिण क्लब हाउसका महासचिव धर्मप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सुजेन्द्र गोले तामाङ, ५ नं. वडा अध्यक्ष सन्तोष लिम्वु, ८ नं. वडा अध्यक्षका प्रत्यासी नन्दराज राई, नेपाली कांग्रेसका १३ नं. वडाका सभापति डम्वर तामाड.लगायतयको उपस्थिति रहेको थियो ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic