लोकप्रिय मेयर स्व तारा सुब्बा धरानका मार्ग निर्देशक

  • साउन १, २०७७
  • २३० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ साउन ः ंसंघीय लोकतान्त्रिक गणतन्त्रका प्रथम धरान नगरका नगरप्रमुख स्व.तारा सुब्बाको दोश्रो स्मृति दिवस विहिवार सम्पन्न भएको छ ।

धरान उपमहानगरकमिटीले विहीबार विहान धरान–१९ स्थित सुव्वाको स्मृति पार्कमा स्मृति सभा गरेर स्मृति सभा गरेको हो ।सुव्वा नेकपा धरानका पू्र्व अध्यक्षसमेत रहेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा प्रदेश इञ्चार्ज भिम आचार्यको उपस्थितिमा स्मृति सभा आयोजना गरीएको थियो ।आचार्यले सुनसरीको युवा तथा विद्यार्थीको संगठन निर्माणमा सुब्बाको योगदान अविस्मरणीय रहेको बताउदै उहाको नेतृत्व धरानका लागि विर्सन नसकिने रहेको उल्लेख गर्नुभयो ।

२०७४ सालको स्थानिय निर्वाचन पछि स्व. सुब्बाले १ वर्ष, कार्यबाहक मेयरका रूपमा मञ्जु भण्डारीले डेढ वर्ष र हाल आफू नेतृत्वमा आएको वताउदै यसरी ३ वटा नेतृत्व फेरिदाँ विकासले सोचेजस्तो गति लिन नसकेको राईले बताए । तर पनि स्व. सुब्बाले देखेको धरानको विकासको सपनालाई आफूले अघि वढाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा उपप्रमुख मञ्जु भण्डारी सुवेदी नेकपा जिल्ला अध्यक्ष पप्पु मण्डल,जिल्ला सचिव रमेश बस्नेत लगायतले स्व. सुब्बाको योगदानको बारे चर्चा गरे ।

यसै गरि धरान उपमहानगरपालिकाले पनि छुटटैं श्रद्धान्जली सभाको आयोजना गरेको थियो ।
गणतन्त्र पछि प्रथम जननिर्वाचित मेयर सुब्बाको गत २०७५ साल साउन १ गते उपचारको क्रममा मृत्यु भएको थियो । मृगौला रोग पीडित सुब्बाको दुर्व मृगौला फेरिएको थियो ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic