मनोनयनविरुद्ध कांग्रेसका तीन पदाधिकारीद्धारा उजुरी

  • साउन १, २०७७
  • १९४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

१ साउन, काठमाडौं ः नेपाली कांग्रेसका तीन पदाधिकारीले पार्टीको निर्वाचन समितिमा उजुरी दिएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनलाई प्रभावित गर्ने उद्देश्यका साथ विभाग गठन र सदस्यहरु मनोनयन गरेको भन्दै उनीहरुले उजुरी दिएका हुन ।

उजुरी दिनेहरुमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादव रहेकीछिन ।
उनीहरुले महाधिवेशन भएको ६ महिनाभित्र गठन भइसक्नुपर्ने विभागहरु अर्को महाधिवेशनको प्रक्रिया सुरु भइसकेपछि गठन गर्नु विधान र निर्वाचन आचारसंहिताको उल्लंघन भएको आरोप समेत लगाएकाछन् ।

निर्वाचनको आचारसंहिता विपरीत आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पर्ने दुराशयबाट समेत प्रेरित भएको हुँदा तत्काल रोक्न र बदर गर्न गराउन पार्टी सभापति र निर्वाचन समितिको समक्ष माग गरेको छ ।

विधि र पद्धति मिचेर गठन भएका विभागहरु अस्वीकार गर्ने पौडेल, कोइराला र यादवले बताएका छन् । तीनै नेताले यस्ता मनोनयन र नियुक्तिहरु स्वीकार नगर्न सम्पूर्ण तहका नेता कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।
पौडेल समूहको बहिस्कारका बीच गत पुसमा कांग्रेस केन्द्रीय कार्यसमितिले बहुमतबाट विभागहरु बढाउने निर्णय गरेको थियो ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic