वीपी प्रतिष्ठानको रजिष्ट्रारमा डा. मोहनचन्द्र रेग्मी नियुक्त

  • साउन ४, २०७७
  • १,८८९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ साउनः लामो समयको रस्साकसीपछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिष्ट्रार नियुक्ति गरीएको छ ।स्वास्थ्य मन्त्रालयले प्रतिष्ठान मै कार्यरत डा.मोहन चन्द्र रेग्मीलाई रजिष्ट्रारमा नियुक्ती गरेको हो ।

लामो समयदेखि प्रतिष्ठानकै प्रसुती विभागमा कार्यरत रेग्मी केही महिना यता देखि प्रसुती विभाग प्रमुख समेत रहेका थिए । डा.रेग्मीलाई आइतवार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नियुक्ती गरेका थिए ।

प्रतिष्ठानका उपकुलपतिले ३ जनाको नाम सिफारिश गरेपछि सहकुलपति एवं स्वास्थ्यमन्त्रीले रजिष्ट्रार नियुक्ती गर्ने प्रावधान रहेको छ । सोही प्रावधान अनुसार प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले डा.रेग्मीको नाम पनि सिफारिश गरेका थिए ।डा.रेग्मीले नियुक्ती पत्र पनि लिइसकेको मन्त्रालयले जनाएको छ ।

यस अघि रजिष्ट्रार पदको नियुक्ति प्रतिष्ठान भन्दा बाहिर बाट मात्र गरीदै आएको थियो । प्रतिष्ठान र डाक्टरहरुबाट रजिष्ट्रार नियुक्ती हुने डा.रेग्मी पहिलो हुन ।

रजिष्ट्रार नियुक्तिका लागि राजनीतिक पार्टीहरुले समेत आ–आफ्नो अनुकुलको व्यक्तिलाई लविङ गरेका थिए । प्रतिष्ठानको रजिष्ट्रार प्रतिष्ठानलाई वुझेको व्यक्ति र स्थानीय व्यक्ति हुनुपर्ने आवाज उठदै आएको थियो ।प्रतिष्ठानमा लामो समय काम गरेको र अनुभव समेत लिइसकेकोले गर्र्दा प्रतिष्ठानको सहि काम गर्ने अपेक्षा समेत स्थानीयको रहेको छ ।

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic