भदौ १ देखि हवाई उडान गर्ने सरकारको निर्णय

  • साउन ५, २०७७
  • ३१० पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,५ साउन ः सरकारले आन्तरिक तथा बाह्य हवाई उडान भदौ १ गतेदेखि खुला गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्‌को बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २१ बाट आन्तरिक र भदौ १ बाट अन्तर्राष्ट्रिय उडान गर्ने प्रस्ताव पेश गरेकोमा दुवै प्रकारका उडान भदौ १ बाट सुचारु गर्ने निर्णय गरेको हो।

यस्तै सरकारले साउन ७ गतेपछि लकडाउन अझ खुकुलो पार्ने तयारी गरेको छ । कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण फैलिन नदिन सरकारले चैत ५ गतेबाट अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेको थियो भने ११ गतेबाट आन्तरिक रोकिएको थियो ।

जेठ २६ बाट सरकारले लकडाउन केही खुकुलो गरिएको भए पनि हवाई सेवा सुचारू भएको थिएन । पछिल्लो समय विदेशबाट नेपाल फर्किने नागरिकहरूका लागि चार्टर फ्लाइटहरू भने भइरहेको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic