साउन ८ गतेदेखि छोटो र लामो दूरीका यातायात चल्ने

  • साउन ६, २०७७
  • १४७ पटक पढिएको
  • छाल खबर
alt

रिपोर्टर नेपाल
काठमाडौं । लामो समयदेखि बन्द रहेका सार्वजनिक यातायात साउन ८ गतेदेखि सञ्चालन हुने भएका छन् ।

यातायात व्यवसायीहरुले बिहीबारदेखि स्थानीय, छोटो र मध्यम र लामो गरी चारै रुटमा यातायात सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

मंगलबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गर्दै साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेको हो ।

महासंघले आफू आबद्ध सबै यातायात कम्पनी, प्रा।लि, व्यवसायी तथा स्वरोजगार मजदुरलाई यातायात सञ्चालन गर्न आह्वान गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

गत चैत ११ गतेदेखि सरकारले गरेको लकडाउनका कारण सार्वजनिक यातायातहरु ठप्प बनेका थिए । सरकारले जारी लकडाउन केही खुकुलो बनाउँदै असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, व्यवसायीले विभिन्‍न माग राख्दै यातायात सञ्चालन गर्न आनाकानी गरेका थिए ।

यातायात व्यवसायीको घोषित कार्यक्रमअनुसार साउन ८ गतेदेखि सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात खुल्ने भएका हुन् । सरकारले छोटो दूरीका सवारीसाधन मात्र चलाउने निर्णय गरे पनि यातायात व्यवसायीले लामो दूरीका सवारी पनि चलाउने निर्णय गरेका हुन्।
रिपोटर नेपाल डटकमबाट

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic