उद्योग बाणिज्य महासंघमा सक्षम नेतृत्वको खाँचो छ ढकाल सक्षम नेतृत्वमा दुवैको जोड

  • साउन ६, २०७७
  • ४९७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,६ साउन ः व्यवसायिहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा यतिबेला चुनाबी चटारोले छोएको छ ।

यही साउन २६ र २७ गते हुने महाधिवेशनमा उपाध्यक्ष लगायत सवै पदको लागि समूह नै बनाएर दुइ समूह चुनावी मैदानमा होमिएकाछन् ।

एउटा समूहको नेतृत्व वर्तमान उपाध्यक्ष चन्द्र ढकालले गरेकाछन् भने अर्को समूहको नेतृत्व किशोर प्रधानले गरेकछन् ।
आ आफ्नो समूह बनाएर चुनावी मैदानमा होमिएपनि वरिष्ठ उपाध्यक्षका उम्मेदवाहरुले व्यावसायिक र सक्षम नेतृत्व आउनुपर्नेमा साझा धारण वनाएकाछन् ।

महासंघको यही साउन २६ र २७ गते महाधिवेशन हुँदैछ । महाधिवेशनुनावले नयाँ नेतृत्व चयन गर्नेछ ।
महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने प्रावधान रहेकोले उनी हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन् ।

वरिष्ठ उपाध्यक्ष पदका लागि हालका उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले प्यानलसहित उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा होमिएकाछन् ।

वरिष्ठ उपाध्यक्षका लागि प्रत्यासी दुवै उपाध्यक्षहरुले उद्योगी–व्यवसायीका समस्या समाधान गर्न पहल गर्नसक्ने सक्षम व्यावसायिक नेतृत्व आउनुपर्नेमा जोड दिएका छन् ।

महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा व्यावसायिक व्यक्तित्व आउनु पर्नेमा जोड दिएकाछन् ।

उनले करिव ४ महिनाको लकडाउनबाट शिथिल रुपमा थलिएको उद्योग व्यवसायलाई माथि उठाउन सक्ने सवल सक्षम नेतृत्व महासंघमा आवस्यक रहेको वताएकाछन् । उनले सक्षम नेतृत्वबाट मात्र उद्योगी व्यापारीको हक हित र व्यवसायिक सुरक्षा हुने दावी समेत गरेकाछन् ।

अर्का उम्मेद्वार किशोर प्रधानले अब निर्वाचित हुने नेतृत्वले हालको अवस्थामा मौद्रिक नीतिले दिएको सुविधाहरुलाई कार्यान्वयन गरी अगाडि बढ्न सक्ने क्षमता राख्नुपर्ने जिकिर गरेकाछन् ।

निकै कडा प्रतिष्पर्धाका रुपमा मैदानमा होमिएका ढकाल र प्रधानले जित आफ्नो पक्षमा रहेको दावी गर्दै आएकाछन् । जिल्ला नगर नै आफ्नो चुनाव जित्ने आधार रहेको दावी गरेकाछन् ।

प्रधानले कडा प्रतिष्र्धा गर्ने दावी गरीएपनि ढकालको पक्षमा पल्लाभारी रहेको सुनसरीका व्यवसायिकहरुको भनाई रहेको छ ।मोरड.का उद्योगी व्यापारीले प्रधानको जित सुनिश्चित रहेको दावी गरेपनि सुनसरीका व्यवासायिहरुले भने ढकालको जित सुनिश्चित भएको दावी गर्दै आएकाछन् । निर्वाचनको परीणाम भने हेर्न वाकी नै छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic