सभामुखद्वारा धरान १३ स्वस्तिका मार्गको उद्घाटन

  • साउन ८, २०७७
  • ९२६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ साउन ःस्थानीय तह ,प्रदेश र संघ मिलेर नै समग्र धरान र यसको बिकासको लागि जनतासङ्ग हातेमालो गर्दै अघि बढ्नुपर्ने १ न.का प्रदेशका सभामुख प्रदिप कुमार भण्डारीले वताउनु भएको छ । धरान १३ स्थित स्वस्तिका मार्ग कालोपत्रे सडकको विहिवार उद्घाटन गर्दै सो कुरा वताउनु भएको हो ।

आर्थिक बर्ष २०७६र ७७को वडागत बजेटबाट ६० प्रतिशत ३० लाख र जनसभागिताको ४० प्रतिशत अर्थात १९ लाख ६६ हजार ९३३ लगानीबाट निर्मित सडकको बिहिबार सभामुख भण्डारीबाट उद्घाटन गर्नुभएको थियो । सभामुख भण्डारीले सडक बनाए पछि त्यसको सरक्षण पनि उपभोक्ताहरु आफैले गर्नुपर्ने बताउनु भयो । उहाले सडक वनाउनु भन्दा त्यसको संरक्षण महत्वपूर्ण रहेको कुरामा जोडदिनु भयो ।

सोही वडाका वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले आर्थिक वर्ष २०७६र७७ मा वडाको सबैभन्दा ठूलो योजना सोही सडक निर्माण भएको बताउनुभयो । आफुहरुले पनि वडाको गौरवको योजनाकोरुपमा लिएको उल्लेख गर्र्दै यो बर्षमा सँगै रहेको उदय मार्ग र गौरामार्ग, पुरानो जनता पुस्तकालय समेत निर्माणका लागि लागिपरेको जानकारी दिनुभयो ।

धरान उपमहानगरका वरिष्ठ ईन्जिनियर सुरज श्रेष्ठले अस्फल्ट प्रबिधिबाट प्राबिधिककै रोहवरमा उपभोक्ता समितिले धरानमा निर्माण गरेको यो पहिलो योजना भएको बताए । उनले पनि सडकको सुरक्षा समेत उपभोक्ता नै सजक भएर गर्नुपर्नेमा जोडदिए ।

कार्यक्रममा बाटो निर्माण कार्यमा महत्त्वपूर्ण योगदान पुर्याएका नरेश मगरलाई मायाको चिनोद्धारा सम्मान गरिएको थियो । स्वतिका मार्ग ढल तथा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष हरिबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा योजना अधिकृत किरण भुजेल, पब्लिक माविका प्रअ पुरुषोत्तम निरौला, वडा महिला सदस्य कमला श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

सभामुख भण्डारीको आफ्नो स्थानीय वडाको रुपमा सो वडा रहेको छ ।

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic