महासंघको निर्वाचन रोकिएकोमा चन्द्र ढकाल प्यानलको असन्तुष्टि

  • साउन १०, २०७७
  • ५४४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
साउन,१० काठमाडौँ ःनेपाल उद्योग वाणिज्य महासङ्घको साधारणसभा एवं निर्वाचन स्थगित भएकामा एउटा समूहले असन्तुष्टि जनाएको छ ।

वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकाललगायतको समूहले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी साधारणसभा स्थगित भएकामा असन्तुष्टि जनाएको हो ।

कार्यसमितिको बैठकले अधिकार मिचेर पदाधिकारीको आकस्मिक बैठकबाट निर्वाचनलाई अनिश्चितकालका लागि धकेलेको भन्दै सो समूहले असन्तुष्टि जनाएको हो ।

महासङ्घको पूर्वअध्यक्षसहितको बिहीबारको बैठकले सरकारले सभा सम्मेलन गर्न पाउने गरी निर्णय गरेको १५ दिनपछि साधारणसभा गर्ने निर्णय गरेको थियो ।

महासङ्घका उपाध्यक्षसमेत रहेका ढकालले साधारणसभा गर्नसक्ने अवस्था नभए कार्यसमितिको बैठक बोलाइ निर्णय गर्ने समय हुँदाहुँदै कार्यसमितिको अधिकारलाई कुल्चिने काम भएकामा गुनासो गरे ।उनले महासङ्घमा गलत प्रवृत्ति विकास भएको भन्दै साधारणसभा स्थगित गरेर अर्को मिति तय नगरिँदा कानूनी मात्र नभई नैतिक र सामाजिक जगसमेत कमजोर भएको बताए ।

उनले साढे पाँच दशक पुरानो संस्था इतिहासमै कमजोर भएको टिप्पणी गर्दै जटिल परिस्थितिमा महासङ्घलाई सबल, सक्षम नेतृत्व जरुरी रहेको बताए ।कोरोनाको महामारीका अवस्थामा महासङ्घका आन्तरिक र संस्थागत गतिविधि सञ्चालन गर्दा सरकारसँग सहमति लिनु आवश्यक भएकाले साधारणसभाका लागि सरकारलाई निवेदन दिएको तर जवाफ नआउँदै अनिश्चित कालका लागि धकेल्ने निर्णय हुनु दुःखद् भएको उनको भनाइ छ ।

कोरोनाका कारण गत चैतमा साधारणसभा हुन नसकेपछि महासङ्घले यही साउन २६ र २७ गते आयोजना गर्ने यसअघि निर्णय गरेको थियो ।

पत्रकार सम्मेलनमा पूर्ववरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकार, वस्तुगत सङ्घकोतर्फबाट उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ, एशोसिएट तर्फका उपाध्यक्ष रामचन्द्र सङ्घई र जिल्ला वाणिज्यतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधि तिवारीलगायत उपस्थित थिए ।

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष आगामी कार्यालयको स्वतःअध्यक्ष हुने व्यवस्था छ । सोही कारण वरिष्ठ उपाध्यक्षलगायत उपाध्यक्ष र अन्य सदस्यको निर्वाचन हुन लागेको हो । वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र ढकालको छुट्टाछुट्टै प्यानल यसअघि नै घोषणा भइसकेको छ ।

 

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic