महासंघको निर्वाचन रोकिएकोमा चन्द्र ढकाल प्यानलको असन्तुष्टि

  • साउन १०, २०७७
  • ४६९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
साउन,१० काठमाडौँ ःनेपाल उद्योग वाणिज्य महासङ्घको साधारणसभा एवं निर्वाचन स्थगित भएकामा एउटा समूहले असन्तुष्टि जनाएको छ ।

वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकाललगायतको समूहले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी साधारणसभा स्थगित भएकामा असन्तुष्टि जनाएको हो ।

कार्यसमितिको बैठकले अधिकार मिचेर पदाधिकारीको आकस्मिक बैठकबाट निर्वाचनलाई अनिश्चितकालका लागि धकेलेको भन्दै सो समूहले असन्तुष्टि जनाएको हो ।

महासङ्घको पूर्वअध्यक्षसहितको बिहीबारको बैठकले सरकारले सभा सम्मेलन गर्न पाउने गरी निर्णय गरेको १५ दिनपछि साधारणसभा गर्ने निर्णय गरेको थियो ।

महासङ्घका उपाध्यक्षसमेत रहेका ढकालले साधारणसभा गर्नसक्ने अवस्था नभए कार्यसमितिको बैठक बोलाइ निर्णय गर्ने समय हुँदाहुँदै कार्यसमितिको अधिकारलाई कुल्चिने काम भएकामा गुनासो गरे ।उनले महासङ्घमा गलत प्रवृत्ति विकास भएको भन्दै साधारणसभा स्थगित गरेर अर्को मिति तय नगरिँदा कानूनी मात्र नभई नैतिक र सामाजिक जगसमेत कमजोर भएको बताए ।

उनले साढे पाँच दशक पुरानो संस्था इतिहासमै कमजोर भएको टिप्पणी गर्दै जटिल परिस्थितिमा महासङ्घलाई सबल, सक्षम नेतृत्व जरुरी रहेको बताए ।कोरोनाको महामारीका अवस्थामा महासङ्घका आन्तरिक र संस्थागत गतिविधि सञ्चालन गर्दा सरकारसँग सहमति लिनु आवश्यक भएकाले साधारणसभाका लागि सरकारलाई निवेदन दिएको तर जवाफ नआउँदै अनिश्चित कालका लागि धकेल्ने निर्णय हुनु दुःखद् भएको उनको भनाइ छ ।

कोरोनाका कारण गत चैतमा साधारणसभा हुन नसकेपछि महासङ्घले यही साउन २६ र २७ गते आयोजना गर्ने यसअघि निर्णय गरेको थियो ।

पत्रकार सम्मेलनमा पूर्ववरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकार, वस्तुगत सङ्घकोतर्फबाट उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ, एशोसिएट तर्फका उपाध्यक्ष रामचन्द्र सङ्घई र जिल्ला वाणिज्यतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधि तिवारीलगायत उपस्थित थिए ।

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष आगामी कार्यालयको स्वतःअध्यक्ष हुने व्यवस्था छ । सोही कारण वरिष्ठ उपाध्यक्षलगायत उपाध्यक्ष र अन्य सदस्यको निर्वाचन हुन लागेको हो । वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र ढकालको छुट्टाछुट्टै प्यानल यसअघि नै घोषणा भइसकेको छ ।

 

फोकस १६ क्लवद्धारा राष्ट्रिय फुटवल खेलाडी लकेन लिम

छाल खवर धरान,१३ वैशाखः फोकस १६ क्लवद्धारा धरानका राष्ट्रिय खेलाडी लकेन लिक् ...

आन्दोलनरत शिक्षकहरुवीच कुटाकुट

छाल खवर धरान,१३ वैशाखः काठमाडौंमा जारी शिक्षकहरुको आन्दोलन २५ औं दिनसम्मा आ ...

भारतमा आतंकवादीद्धारा मारीएका न्यौपानेको धरानमा श्

छाल खवर धरान,१३ वैशाखः भारतको जम्मु काश्मिरको पहलगाममा आतङ्ककारी हमलाबाट भा ...

शिक्षक आन्दोलन २०८१ र नयाँ शिक्षा ऐन

देशभीरका शिक्षकहरू आज कक्षाकोठा छाडेर सरकारसँग नयाँ शिक्षा ऐन जारी गर्ने मा ...

लिङथेप कल्याणकारी समितिको वंशावली विमोचन

छाल खवर धरान,९ वैशाखः लिङथेप कल्याणकारी समिति मादी संखुवासभाको साङधुङ्गेहाङ ...

अनेमसंघ सुनसरीमा नयाँ नेतृत्व चयन

छाल खवर धरान,९ वैशाखः नेकपा (एमार्ले) को जनसंगठन अखिल नेपाल महिला संघ सुनसर ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic