मालपोतलाई स्थानीय तहमा लैजाने प्रक्रिया शुरु

  • साउन ११, २०७७
  • १,१६० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
श्रावण,११ काठमाडौँ ः गाउ गाउमा सिंहदरवार घरघरमा अधिकार भन्ने नारा लिएको वर्तमान सरकारले अव मालपोत कार्यलय स्थानीय निकायमा हस्तान्तरण गर्ने भएको छ ।

जग्गा प्रशासन र भू–सेवा सम्बन्धी अधिकार स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको हो ।
सरकारले यस अघि नै चालू आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमै ६० वटा मालपोत कार्यालयलाई स्थानीय तहमा हस्तान्तरण गर्ने घोषणा गरेको थियो ।

वर्तमान संविधानमा मालपोत स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने प्रावधान समावेश गरीएको छ । यस अघिसम्म मालपोत कार्यालयले गर्दै आएको जग्गा प्रशासन सम्बन्धी तथा भू–सेवा सम्बन्धी काम स्थानीय तहले गर्नेछन् ।

मालपोत कार्यालय कलङ्कीले आफ्नो कार्य क्षेत्रभित्र पर्ने काठमाडौँंका नागार्जुन, कीर्तिपुर, दक्षिणकाली, चन्द्रागिरि र काठमाडौंँ महानगरका वडा १३, १४ र १५ का पाँच÷पाँच कर्मचारीलाई जग्गा प्रशासन र भू–सेवा सम्बन्धी तालिम प्रदान समेत गरीसकेको छ ।

उक्त पाँचवटा नगरपालिकाका पाँच÷पाँच कर्मचारीलाई तालिमको प्रमाणपत्र प्रदान गरी सेवा स्थानीय तहलाई हस्तान्तरण प्रक्रिया सुरु गरिएको कलङ्की मालपोत कार्यालयले जनाएको छ ।

नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले संविधानमा उल्लिखित अधिकार स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया कलङ्की मालपोत कार्यालयबाट सुरु भएको बताए । उनले जग्गा प्रशासन र भू–सेवा सम्बन्धी काम स्थानीय तहमा हस्तान्तरण भएसँगै संविधानमा उल्लिखित अधिकार, सरकारको नीति र कार्यक्रम कार्यान्वयन गर्ने कार्य सुरु भएको बताए ।

कलङ्की मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत टेकराज अर्यालले मालपोतको अधिकार स्थानीय तहमा गइसकेपछि मालपोत कार्यालयले नियमित रूपमा स्थानीय तहको काममा समन्वयको काम गर्ने बताए ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic