सुनिल थापा राप्रपामा महामन्त्री कांग्रेसमा सहमहामन्त्री

  • साउन १२, २०७७
  • १४७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं, १२ साउन ः फरक मत राखेर राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वाहिरीएका महामन्त्री सुनिलबहादुर थापाले नेपाली कांग्रेसमा सहमहामन्त्री पद पाउने भएकाछन् ।

महामन्त्री थापा सहित ३१ जना केन्द्रीय सदस्यले पार्टीबाट राजीनामा दिएकोमा ११ केन्द्रीय सदस्य नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन्।

कांग्रेसको आइतबार दिउँसो बसेको आन्तरिक बैठकले थापा सहितका राप्रपाका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने निर्णय समेत गरेको छ । साउन १३ गते मंगलबार विषेश कार्यक्रमसहित उनीहरुलाई नेपाली कांग्रेसको सदस्यता दिने कार्यक्रम तय भएको कांग्रेस पार्टीले जनाएको छ ।

पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाका छोरा सुनिल लामो समय सयुक्त राष्ट्र संघका काम गरेर एक दशक अघि मात्रै राजनीतिमा आएका हुन्।उनले विगत केही वर्षदेखि राप्रपाको राजनीतिक लाइन र विचारप्रति असहमति राख्दै आएका थिए।
 कांग्रेस स्रोतका अनुसार थापालाई सहमहामन्त्रीसहित केही केन्द्रीय सदस्य दिने सहमति भएको छ।

त्यस्तै राप्रपाबाट कांग्रेस प्रवेश गर्ने सबै नेता तथा कार्यकर्तालाई ७७ वटै जिल्लामा समायोजना समिति बनाएरै मिलाउने सहमति भएको छ।

कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले मंगलबार पार्टी प्रवेशको कार्यक्रम तय भएको बताए । ‘मंगलबार सुनिल थापा सहितका राप्रापको एटा ठूलो समूह कांग्रेस प्रवेश गर्ने कार्यक्रम तय भएको श्रेष्ठले जानकारी दिएकाछन् । सहमहामन्त्रीको कुरामा पनि आफूहरु सकारात्मक नै रहेको श्रेष्ठको भनाई रहेको छ । श्रेष्ठका अनुसार अन्य कार्यकर्ताहरुको सवालमा पनि व्यवस्थापन सहजै गरीनेछ ।

मंगलबार थापा कांग्रेस प्रवेश गरेलगत्तै उनको गृह जिल्ला धनकुटामा पनि पार्टी प्रवेश कार्यक्रम हुने भएको छ। धनकुटा कांग्रेसका सचिव विजय सन्तोषी राईका अनुसार केन्द्रको पार्टी प्रवेश कार्यक्रम लगत्तै जिल्लामा कार्यक्रमको आयोजना गरिएको छ।धनकुटाबाट ५ हजारको हाराहारीमा नेता कार्यकर्ता कांग्रेस प्रवेश गर्ने अनुमान छ।

थापासँगै केन्द्रीय सदयहरू विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार घुण्डे गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, राम पदारथ साहले समेत राप्रपा परित्याग गरेका थिए ।

अरु २० जना केन्द्रीय सदस्यहरु भने कुन पार्टीमा प्रवेश गर्ने वा निष्कृय रहने भन्ने स्पष्ट हुन सकेको छैन ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic