सुनिल थापा राप्रपामा महामन्त्री कांग्रेसमा सहमहामन्त्री

  • साउन १२, २०७७
  • १८३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं, १२ साउन ः फरक मत राखेर राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वाहिरीएका महामन्त्री सुनिलबहादुर थापाले नेपाली कांग्रेसमा सहमहामन्त्री पद पाउने भएकाछन् ।

महामन्त्री थापा सहित ३१ जना केन्द्रीय सदस्यले पार्टीबाट राजीनामा दिएकोमा ११ केन्द्रीय सदस्य नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन्।

कांग्रेसको आइतबार दिउँसो बसेको आन्तरिक बैठकले थापा सहितका राप्रपाका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने निर्णय समेत गरेको छ । साउन १३ गते मंगलबार विषेश कार्यक्रमसहित उनीहरुलाई नेपाली कांग्रेसको सदस्यता दिने कार्यक्रम तय भएको कांग्रेस पार्टीले जनाएको छ ।

पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाका छोरा सुनिल लामो समय सयुक्त राष्ट्र संघका काम गरेर एक दशक अघि मात्रै राजनीतिमा आएका हुन्।उनले विगत केही वर्षदेखि राप्रपाको राजनीतिक लाइन र विचारप्रति असहमति राख्दै आएका थिए।
 कांग्रेस स्रोतका अनुसार थापालाई सहमहामन्त्रीसहित केही केन्द्रीय सदस्य दिने सहमति भएको छ।

त्यस्तै राप्रपाबाट कांग्रेस प्रवेश गर्ने सबै नेता तथा कार्यकर्तालाई ७७ वटै जिल्लामा समायोजना समिति बनाएरै मिलाउने सहमति भएको छ।

कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले मंगलबार पार्टी प्रवेशको कार्यक्रम तय भएको बताए । ‘मंगलबार सुनिल थापा सहितका राप्रापको एटा ठूलो समूह कांग्रेस प्रवेश गर्ने कार्यक्रम तय भएको श्रेष्ठले जानकारी दिएकाछन् । सहमहामन्त्रीको कुरामा पनि आफूहरु सकारात्मक नै रहेको श्रेष्ठको भनाई रहेको छ । श्रेष्ठका अनुसार अन्य कार्यकर्ताहरुको सवालमा पनि व्यवस्थापन सहजै गरीनेछ ।

मंगलबार थापा कांग्रेस प्रवेश गरेलगत्तै उनको गृह जिल्ला धनकुटामा पनि पार्टी प्रवेश कार्यक्रम हुने भएको छ। धनकुटा कांग्रेसका सचिव विजय सन्तोषी राईका अनुसार केन्द्रको पार्टी प्रवेश कार्यक्रम लगत्तै जिल्लामा कार्यक्रमको आयोजना गरिएको छ।धनकुटाबाट ५ हजारको हाराहारीमा नेता कार्यकर्ता कांग्रेस प्रवेश गर्ने अनुमान छ।

थापासँगै केन्द्रीय सदयहरू विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार घुण्डे गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, राम पदारथ साहले समेत राप्रपा परित्याग गरेका थिए ।

अरु २० जना केन्द्रीय सदस्यहरु भने कुन पार्टीमा प्रवेश गर्ने वा निष्कृय रहने भन्ने स्पष्ट हुन सकेको छैन ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic