इनरुवामा लकडाउन जारी, रिपोर्ट अनुसार निर्णय हुने स् प्रमुख जिल्ला अधिकारी

  • साउन १२, २०७७
  • १२४ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१२ साउनः एक साता अघि मुलुक भर खुलेको लकडाउन सुनसरी सदरमुकाम इनरुवामा भने जारीरहेको छ ।
केही दिन अघि विराटनगरमा कार्यरत इनरुवा निबासी एक जना प्रहरीलाई कोरोना पोजेटिभ भएपछि इनरुवामा लकडाउन जारी रहेको हो ।

प्रहरीले धेरैसँग भेटघाट गरेको र घुमेको पाइएकोले कोरोनाको जोखिम इनरुवामा बढेको भन्दै तीन दिन अघि देखि लकडाउन घोषणा गरीएको थियो ।

लकडाउन घोषणा गरेर सङ्क्रमित प्रहरीको सम्पर्कमा रहेका र आशङ्का गरिएकाहरूलाई जिल्ला अस्पताल इनरुवामा स्वाब सङ्कलन गरी कोरोना परीक्षणको लागि पठाइएको छ ।

सङ्कलन गरिएको स्वाबको रिपोर्ट नआउन्जेल सम्मलाई लकडाउन जारी राख्ने र उनीहरूको रिपोर्ट पोजेटिभ आएको खण्डमा फेरी पनि लकडाउनलाई निरन्तरता दिने सुनसरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।

लकडाउन सरकारले घोषणा गरेको भन्दा कडा रहेको र कोही सर्वसाधारण बाहिर निस्किएको खण्डमा अनिवार्य क्वारेनटाइनमा राखिने बताइएको छ । समुदायमा कोरोना सङ्क्रमण नहोस् भनेर कडा लकडाउन गरिएको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहेताले बताए ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic