संसद सचिवालयमा युट्युब र फेसबुक बन्द

  • साउन १४, २०७७
  • १९५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

साउन,१३ काठमाडौं ः नीति निर्माण गर्न गएकाहरु नै सामाजिक सञ्जालमा व्यस्त बन्न थालेपछि संघीय संसद सचिवालयमा अव फेसवुक र युट्युबसंगै सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने व्यवस्था गरीएको छ ।

युट्युब र फेसबुक प्रयोगकर्ताहरु अत्याधिक रहेको र सो कारण अन्य कामको लागि इन्टरनेटको गति सुस्त भएकाले सो व्यवस्था गरीएको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म युट्युब र सामाजिक सञ्जाल बन्द गरिएको हो ।
सचिवालयको सूचना प्रविधि शाखाका कम्युटर अधिकृत जगदिश न्यौपानेले काममा इन्टरनेटले ढिला गरेकोले सो कार्य गर्न वाध्य भएको वताए ।

उनका अनुसार मंगलबारदेखि संसद सचिवालयको सर्भरमा दिउँसोको समयमा युट्युब र सामाजिक सञ्जाल नचल्ने प्रावधान राखिएको छ । संसद सचिवालयको सर्भरमा दैनिक ५०० को हाराहारीमा प्रयोगकर्ता रहने गरेका छन् ।
इन्टरनेटको क्षमता भन्दा वढी प्रयोगकर्ता भएको कारणले सेवाग्राहीको काममा ढिलासुस्ती हुदै आएको थियो ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic