के लालकिल्ला ढल्ला त ? अव के गर्लान धनकुटामा सुनीलबहादुर थापाले

  • साउन १४, २०७७
  • २,५५६ पटक पढिएको
  • भोला श्रेष्ठ
alt

भोला श्रेष्ठ
साउन,१४ काठमाडौं ः यतिवेला नेपाली राजनीतिमा सुनिल बहादुर थापाको पार्टी प्रवेशको समाचारले प्राथमिकता पाएको छ । सर्वै मिडियामा उनको समाचारले स्थान पाउन सफल भयो ।

उनले वावुको विरासतको रुपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्री पदबाट राजीनामा मात्र गरेनन् ३१ जना केन्द्रीय सदस्यको नेतृत्व गर्दै मंगलवार नेपाली कांग्रेस पार्टीमा तामाझामका साथ प्रवेश गरेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री सुनीलबहादुर थापाले २०१० सालताका बुबा सूर्यबहादुर थापा मोरङ कांग्रेसको कोषाध्यक्ष र त्यसपछि धनकुटाको जिल्ला सभापति भएको स्मरण समेत गर्न भ्याएका थिए ।

थापा परिवारले कांग्रेस छाडेको करिव ६ दशक भन्दा बढी भएको छ । उनले पार्टी प्रवेशका क्रममा कांग्रेससँग पुनः नाता जोड्न पाएकोमा सौभाग्य मिलेको संज्ञा दिए । अव पुरानो सम्वन्धलाई प्रगाढ वनाएर लैजाने विश्वास समेत व्यक्त गरे ।

किन प्रवेश गरे सुनिल कांग्रेसमा ?

सुनिल बहादुर थापाले किन काग्रेस नै प्रवेश गर्नु प¥यो त भन्ने विषयमा विश्लेषकहरु भन्छन – दुवैको संयोग मिलेको छ उनलाई बलियो पार्टीको ओत चाहिएको र कांग्रेसलाई बलियो नेता चाहिएकोले दुवैको स्वार्थ मिलेको हो यसमा दुवैको जीत भएको विश्लेषककको भनाई रहेको छ ।

कांग्रेसले अहिलेसम्म धनकुटा–१ बाट कुनैपनि निर्वाचनमा जित हासिल गर्न सकेको छैन । आफूले निर्वाचन जित्न नसकेको क्षेत्र नवप्रवेशी नेतालाई दिन केही अफ्ठ्यारो नभएको कांग्रेसका नेता स्वय स्विकार गर्छन ।

पार्टी फरक भएपनि गत निर्वाचनमा पनि कांग्रेसले थापालाई सघाएको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका राजेन्द्रकुमार राईसँग कडा प्रतिष्पर्धा गरेका थापाले २६ हजार ८७४ मत पाएका थिए । यो राप्रपाको मात्रै भोट थिएन, कांग्रेस समर्थकले पनि उनलाई मत दिएका थिए ।

थापाको प्रवेशले कांग्रेसमा पार्ने प्रभाव

थापाको पार्टी प्रवेशले कांग्रेसलाई धनकुटा जिल्लामा भन्दा अन्य जिल्लामा खासै प्रभाव नपार्ने धनकुटामै सीमित हुने कांग्रेसका एक नेता बताउँछन् । ‘यो राष्ट्रिय वा क्षेत्रीय राजनीतिमा प्रभाव पार्ने समीकरण होइन’, उनी भन्छन्, ‘धनकुटामा भने निर्वाचन परिणाममा नै फरक पार्ने उनको दावी रहेको छ ।

थापालाई भित्र्याउन धनकुटा जिल्लाका कांग्रेस नेताहरू नै लागेकाले चुनावमा अन्तरघातको सम्भावना न्यून रहेको ती नेता बताउँछन् । थापाले प्रत्यक्षमा जितेपछि अरुले समानुपातिकमा अवसर पाउने उनको भनाइ छ ।राजनीतिमा होमिएकै वर्ष २०७० सालको संविधानसभा निर्वाचनमा थापा धनकुटा–१ बाट निर्वाचित भएका थिए । त्यसपछि सुशील कोइराला नेतृत्वको सरकारमा वाणिज्य मन्त्री बनेका थिए ।

नेकपा भन्छ लालकिल्ला ढाल्न होइन हल्लाउन समेत सक्दैन ।

सुनिल बहादुर थापाको पार्टी प्रवेशबाट नेपाली कांग्रेसका कार्यकर्ताहरु हौसिएको वेला नेकपाले भने खासै महत्व दिएको छैन । थापाको कांग्रेस प्रवेशले नेकपालाई खासै चुनौति नभएको दावी गरेको छ ।

विगत वर्षहरु देखि नै कांग्रेसले राप्रपाका नेता सूर्य बहादुर थापालाई सघाउदै आएको र पछिल्लो निर्वाचनमा पनि उनका छोरा सुनिल वहादुर थापालाई सघाएको थियो । तर उनी नेकपाका अध्यक्ष राजेन्द्र कुमार राईसँग ११ हजार भन्दा माथिको मतान्तरमा पराजय भएका थिए । त्यसवेला कांग्रेस,समाजवादी राप्रापा लिम्वुवानको लगायत ६ वटा पार्टीको समिकरण वनेको थियो ।

त्यसअघि नेपाली कांग्रेसबाट निर्वाचनमा प्रतिष्पर्धी वनेका टिका भण्डारी,आनन्द सन्तोषी राई र मनोहर नारायण श्रेष्ठ लगायतहरु भारी मतान्तरले नेकपाएमालेसंग पराजित वनेका थिए ।

नेकपाको मत र संगठनलाई कसैले हल्लाउन र चलाउन नसक्ने नेकपाका धनकुटा जिल्ला अध्यक्ष राजेन्द्र कुमार राईको दावी रहेको छ ।उनले भने –हामी हिजो देखि नै पराजित गर्दै आएका हौं अहिले पनि हाम्रो संगठनात्मक अवस्था उस्तै छ जनता हाम्रो पक्षमा चटान झै उभिएकाछन् । हाम्रो लालकिल्ला कसैले ढलाउन होइन हल्लाउन समेत सक्दैन ।

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic