अमेरिकाकाको सहयोगमा सुनसरीको मधुवनमा राहत वितरण

  • साउन १५, २०७७
  • ७४२ पटक पढिएको
  • छाल खबर
alt

धरान, १५ साउनः अमेरिकामा रहेका नेपाली सामाजिक अभियन्ताहरुले सुनसरीको तत्कालीन मधुवन हाल वराहक्षेत्र नगरपालिका वडा नं. ११ मा कोरोना पीडित अति विपन्न ३० परिवारलाई खाद्यन्न राहत वितरणमा सहयोग गरेका छन् ।

अमेरिकामा बसेर समाज सेवा गर्दै आएका छिरिङ राप्के लामा (न्यूयोर्क) र विजय बस्नेत (टेक्सास) तथा घ्यालसुम्दो सेवा संस्था न्यूयोर्क, अमेरिकाको विशेष सहयोग र ग्रामिण क्लब हाउस इटहरी सुनसरीको आयोजनामा मधुवनका कोरोना पिडित अति विपन्न ३० परिवारलाई खाद्यन्न राहत वितरण गरिएको हो ।

अमेरिकामा बस्ने सहयोगीहरु इन्दु राई, सुख राई, रिना राई, गगन राई, यशोधा राई, विशाल राई, रवि गिरी, दिकेश श्रेष्ठ, पशुपति पाण्डे, टेकबहादुर रुवाली, विनोद रुवाली, ज्ञानेन्द्र कार्की, जीवन दाहाल, सुनिता दाहाल, बासुदेव अधिकारी, रघु सुवेदी, अर्जुन बोसेल, अनिल पाण्डे, हरिहर दाहाल, शिवराज फागु, रामहरी अधिकारी, सुनिता खत्री, नवराज लुईटेल, टिकालक्ष्मी लुइटेल, सुवास घिमिरे, प्रेम पौडेल, निमा लामा लगायतले आर्थिक सहयोग पठाएका थिए ।

ग्रामिण क्लब हाउस इटहरीका महासचिव धर्मप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न राहत वितरण कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका जिल्ला सचिव केदार भण्डारी, विशेष अतिथि नेपाली कांग्रेसका जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र गोले, महासमिति सदस्य जमिल अजाद, मधुवन गाउं इकाई सभापति अजाद आलम, जनप्रतिनिधि वडा सदस्य अनिरुद्ध मण्डल, नेपाल तरुण दलका महाधिवेशन प्रतिनिधि डि.वि. थापा लगायतले धन्यवाद मन्तव्य राखेका थिए ।

कार्यक्रममा ग्रामिण क्लव हाउसका सचिव तारा सुवेदी, सल्लाहकार शिवकुमारी सुवेदी लगायतको उपस्थिति रहेको थियो ।
विपन्न परिवारहरुले कोरोनाको महामारीमा राहत पाएकोमा खुशी हुंदै सहयोगी सबैलाई धन्यवाद दिएका थिए ।

राहत वितरण कार्यक्रममा नेपाली कांग्रेसका सुनसरी सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङ, नेपाली कांग्रेसका धरान नगर सहसचिव पञ्चकला राई, ११ नं. वडा सभापति लोकेन्द्र फागो, १७ नं. वडा सभापति पुष्पा राई, ८ नं. कोषाध्यक्ष विष्णु मोक्तान, क्षेत्रीय प्रतिनिधिहरु राम तामाङ, तिलक सुनुवार, युवा नेता रोशु रेग्मी, युवा नेता गोपाल कार्की, तरुण दलका नेता नरसिंह राई, जीपी फाउण्डेसन सुनसरीका सदस्य राजु साह, टोल विकास समितिका अध्यक्ष सुर्य तामाङ लगायतको उपस्थिति रहेको थियो ।

उनीहरुले विपतका बेला सहयोग गर्ने सामाजिक अभियन्ताद्धय छिरिङ राप्के लामा, विजय बस्नेत र न्यूयोर्क अमेरिकास्थित ध्याल्सुम्दो सेवा संस्था तथा राहत व्यवस्थापन गर्ने अमेरिका रहेका ग्रामिण क्लब हाउस इटहरी सुनसरीका अध्यक्ष मुकुन्द सुवेदीलाई विशेष धन्यवाद दिए ।

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic