सिटिजन्सको ९.५० वार्षिक ब्याजदरमा एसएमई कर्जा तथा घर कर्जा

  • साउन १५, २०७७
  • ३२८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौँ – यतिवेला बैंकहरुले विभिन्न योजनाहरु लिएर ग्राहकहरुका विचमा लान थालेकाछन् ।
सोही क्रममा सिटिजन्स बैंकले ग्राहकलाई लक्षित गर्दै विभिन्न विशेष सूविधा भएको ‘सिटिजन्स घर कर्जा योजना’ र एसएमई कर्जा (साना तथा मझौला कर्जा )योजना अघि सारेको छ ।

बैंकका अनुसार घर कर्जा योजना अन्तर्गत ग्राहकहरुले ९.५० वार्षिक ब्याजदरमा नै जग्गा र घर खरिद गर्न तथा घर निर्माण गर्न कर्जा प्राप्त गर्न सकिनेछ ।

कर्जालाई सरल र सहज तरिकाले ग्राहक सामू पस्कने उद्देश्यका साथ यो योजना सार्वजनिक गरेको बैंकको भनाई रहेको छ ।
यो कर्जाका लागि ग्राहकहरुले कागजात पेश गरेको तीन कार्य दिन भित्र निर्णय हुने व्यवस्था समेत गरेको छ ।

कतिपय वैंकमा फायल लगेको महिना दिनसम्म पनि ऋणको निर्णय हुन नसक्दा सेवाग्राहीहरु हैरान हुने गरेकाछन् । तर ३ दिने निर्णयले सेवाग्राहीलाई ठूलो सहयोग पुग्ने अपेक्षा गरएिको छ ।

यो कर्जाको सरल प्रक्रिया सहित २५ वर्षसम्मको समयावधि भएको योजना अन्तगर्त घर कर्जा लिने ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड समेत प्रदान गर्ने बैंकले जनाएको छ ।

यस्तै बैंकले सिटिजन्स मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १०ं÷९९ वार्षिक ब्याजदरमा उपलब्ध गराउने भएको छ ।

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic