धरानमा फेरी लकडाउन शुरु खाद्यान्न र औषधीको पसल मात्र खोल्न दिने निर्णय

  • साउन १५, २०७७
  • ४७१ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१५ साउन ः समुदायमा कोरोना संक्रमणको जोखिम न्युनीकरण गर्न धरानमा फेरी लकडाउन शुरु भएको छ ।

विहिवार बसेको बैठकले बिहान ९ बजेदेखि ५ बजेसम्म अत्यावश्यक वस्तुको पसल मात्र खोल्न दिने निर्णय भएको नगरपालिकाका प्रशासकिय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिएकाछन् ।

प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, चिकित्सक, राजनीतिक दल सहितको बैठकले यस्तो निर्णय गरेको हो । उक्त समयमा पनि अत्यावश्यक वस्तु अन्र्तगत खाद्यान्न, तरकारी र औषधीको पसल मात्र खोल्न दिइने निर्णय भएको खतिवडाको भनाई रहेको छ ।

धरानमा समुदायस्तरमा पनि कोरोना संक्रमण फैलिएको हुनसक्ने आशंका बढेकोले बैठकले यस्तो निर्णय गरेको हो । होटलहरुले प्याकिंग गरेर बिक्री गर्न दिने तर होटल, रेष्टुरेष्टमा नै बसेर खान नदिने पनि निर्णय भएको छ ।

निर्णय (शुक्रबार) देखि लागु हुने वरिष्ठ अधिकृत खतिवडाले जानकारी दिए । अन्य पसलहरु भने वन्द रहने भएकाछन् ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic