लकडाउनको पाच महिनापछि संघको सचेतना

  • साउन १५, २०७७
  • २११ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ साउन ः सुनसरी उद्योग वाणिज्य संघ र रोटरी क्लब अफ धरान घोपाले बिहिबार धरान बजारमा मास्क वितरण गरेको छ ।

संघको कार्यालयदेखि धरानको भानुचौकसम्म उद्योगी, व्यापारी, बाटोमा हिड्ने यात्रु र सवारी चालकहरुलाई मास्क वितरण गरिएका थियो ।

कोरोनाको महामारीबाट बच्नका लागि मास्क वितरण गरिएको रोटरी क्लब अफ घोपाका अध्यक्ष राजेश अग्रवालले बताए । कार्यसमिति सदस्य विष्णु बरालका अनुसार सचेतनाका लागि मास्क संगसंगै व्यापारीहरु र यात्रुहरुलाई पम्प्लेट समेत वितरण गरिएको थियो ।

व्यापारी र धरानवासीहरुलाई कोरोनाबाट बच्नको लागि यो कार्यक्रम संगसंगै धरान नगरभरि माइकिङ्ग समेत गरिएको संघका अध्यक्ष गिरिधारी सापकोटाले बताएका छन् ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई,इलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र बस्नेत, सशस्त्र प्रहरी गुल्मका डिएसपी सुमन पोखरेल, सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पवन अग्रवाल लगागत करिब ४५ जनाको सहभागिता रहेको थियो ।

चैत ११ गतेदेखि लकडाउन शुरु भएको भएपनि संघले ५ महिनापछि सचेतना कार्यक्रम आयोजना गरेको हो । यस कार्यलाई केही उद्योगी व्यपारीले भने अनौठो मानेकाछन् ।

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic