लकडाउनको पाच महिनापछि संघको सचेतना

  • साउन १५, २०७७
  • २५२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ साउन ः सुनसरी उद्योग वाणिज्य संघ र रोटरी क्लब अफ धरान घोपाले बिहिबार धरान बजारमा मास्क वितरण गरेको छ ।

संघको कार्यालयदेखि धरानको भानुचौकसम्म उद्योगी, व्यापारी, बाटोमा हिड्ने यात्रु र सवारी चालकहरुलाई मास्क वितरण गरिएका थियो ।

कोरोनाको महामारीबाट बच्नका लागि मास्क वितरण गरिएको रोटरी क्लब अफ घोपाका अध्यक्ष राजेश अग्रवालले बताए । कार्यसमिति सदस्य विष्णु बरालका अनुसार सचेतनाका लागि मास्क संगसंगै व्यापारीहरु र यात्रुहरुलाई पम्प्लेट समेत वितरण गरिएको थियो ।

व्यापारी र धरानवासीहरुलाई कोरोनाबाट बच्नको लागि यो कार्यक्रम संगसंगै धरान नगरभरि माइकिङ्ग समेत गरिएको संघका अध्यक्ष गिरिधारी सापकोटाले बताएका छन् ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई,इलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र बस्नेत, सशस्त्र प्रहरी गुल्मका डिएसपी सुमन पोखरेल, सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पवन अग्रवाल लगागत करिब ४५ जनाको सहभागिता रहेको थियो ।

चैत ११ गतेदेखि लकडाउन शुरु भएको भएपनि संघले ५ महिनापछि सचेतना कार्यक्रम आयोजना गरेको हो । यस कार्यलाई केही उद्योगी व्यपारीले भने अनौठो मानेकाछन् ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic