धरानमा शुरु भयो युरोपियन स्टडी हव

  • साउन १५, २०७७
  • २०,७५७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ साउन ः उच्च शिक्षा अध्ययनका लागि विदेशमा अध्ययन गराउनका लागि धरानमा युरोपियन स्टडी हव बाट विहिवारबाट सञ्चालनमा आएको छ ।

विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर हव सञ्चालन गरीएको हो ।
सो हवको भाषाविद प्रा.डा. टंकप्रसाद न्यौपानेले रिबन काटेर उद्घाटन गरेका थिए ।

हबका म्यानेजिङ डाइरेक्टर कबिर चौहानका अनुसार धरानमा बैदेशिक शिक्षाको लागि जाने विद्यार्थी धेरै र बैदेशिक शिक्षाको बारेमा विद्यार्थीहरुलाई परामर्शको लागि काम गर्ने कन्सलटेन्सी भने पर्याप्त नभएको युरोपियन स्टडी हवलाई सञ्चालनमा ल्याएको हो ।

अन्य ठाउको तुलनामा बैदेशिक शिक्षाको लागि जाने विद्यार्थीहरु धरानमा धेरै हुने भएकोले पनि रोजाईको क्षेत्रको रुपमा धरान पर्ने गरेको छ ।

सोही कुरालाई मध्यनजर गरी धरान आसपासका ठाउँको विद्यार्थीहरुलाई बैदेशिक शिक्षाको परामर्शमा सहजताको लागि करियर मेकर कन्सल्टेन्सी प्रा.लि.काठमाण्डौको फ्रेन्चाइजको रुपमा धरानमा युरोपियन स्टडी हब सञ्चालनमा ल्याएको चौहानको भनाई रहेको छ ।

चौहानका अनुसार अस्ट्रेलिया, युके, क्यानाडा र युरोपियन सेनजेन सबै राष्ट्रहरुमा उच्च शिक्षाको बारेमा परामर्श यो हबले दिनेछ । युरोपको मात्र ५० भन्दा माथि संख्यामा विश्वविद्यालयसँग यस हबले सम्बन्धन प्राप्त गरेको उनको दावी रहेको छ । विश्वविद्यालय तहको सबै विषय लगायत एसइइ उतिर्ण विद्यार्थीहरुको लागि पनि डिप्लोमा तहको पढाइको बारेमा परामर्श गरिनेछ ।

हबका सिइओ गणेश चौहानको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि भाषाविद टंक न्यौपानेले प्रदेश १ कै शिक्षाको केन्द्रको रुपमा रहेको धरानमा बैदेशिक शिक्षाको बारेमा यस्ता कन्सल्टेन्सी कमिको महसुस भएको र युरोपियन स्टडी हबले उक्त आवश्यकता पुरा गरेको वताए ।

धरानमा लामो समयदेखि इडेन एकेडेमी लगायतका संस्थाले उच्च शिक्षाका लागि विद्यार्थी पठाउदै आएकाछन् । हवको स्थापनाले उच्च शिक्षाका लागि विदेश जान चाहाने विद्यार्थीहरुका लागि थप टेवा पुग्ने अपेक्षा गरीएको छ । धरान अन्य शहरको तुलनामा यस क्षेत्रमा निकै अग्रपंक्तिमा रहेको छ ।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic