धरानमा शुरु भयो युरोपियन स्टडी हव

  • साउन १५, २०७७
  • २०,७३६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ साउन ः उच्च शिक्षा अध्ययनका लागि विदेशमा अध्ययन गराउनका लागि धरानमा युरोपियन स्टडी हव बाट विहिवारबाट सञ्चालनमा आएको छ ।

विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर हव सञ्चालन गरीएको हो ।
सो हवको भाषाविद प्रा.डा. टंकप्रसाद न्यौपानेले रिबन काटेर उद्घाटन गरेका थिए ।

हबका म्यानेजिङ डाइरेक्टर कबिर चौहानका अनुसार धरानमा बैदेशिक शिक्षाको लागि जाने विद्यार्थी धेरै र बैदेशिक शिक्षाको बारेमा विद्यार्थीहरुलाई परामर्शको लागि काम गर्ने कन्सलटेन्सी भने पर्याप्त नभएको युरोपियन स्टडी हवलाई सञ्चालनमा ल्याएको हो ।

अन्य ठाउको तुलनामा बैदेशिक शिक्षाको लागि जाने विद्यार्थीहरु धरानमा धेरै हुने भएकोले पनि रोजाईको क्षेत्रको रुपमा धरान पर्ने गरेको छ ।

सोही कुरालाई मध्यनजर गरी धरान आसपासका ठाउँको विद्यार्थीहरुलाई बैदेशिक शिक्षाको परामर्शमा सहजताको लागि करियर मेकर कन्सल्टेन्सी प्रा.लि.काठमाण्डौको फ्रेन्चाइजको रुपमा धरानमा युरोपियन स्टडी हब सञ्चालनमा ल्याएको चौहानको भनाई रहेको छ ।

चौहानका अनुसार अस्ट्रेलिया, युके, क्यानाडा र युरोपियन सेनजेन सबै राष्ट्रहरुमा उच्च शिक्षाको बारेमा परामर्श यो हबले दिनेछ । युरोपको मात्र ५० भन्दा माथि संख्यामा विश्वविद्यालयसँग यस हबले सम्बन्धन प्राप्त गरेको उनको दावी रहेको छ । विश्वविद्यालय तहको सबै विषय लगायत एसइइ उतिर्ण विद्यार्थीहरुको लागि पनि डिप्लोमा तहको पढाइको बारेमा परामर्श गरिनेछ ।

हबका सिइओ गणेश चौहानको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि भाषाविद टंक न्यौपानेले प्रदेश १ कै शिक्षाको केन्द्रको रुपमा रहेको धरानमा बैदेशिक शिक्षाको बारेमा यस्ता कन्सल्टेन्सी कमिको महसुस भएको र युरोपियन स्टडी हबले उक्त आवश्यकता पुरा गरेको वताए ।

धरानमा लामो समयदेखि इडेन एकेडेमी लगायतका संस्थाले उच्च शिक्षाका लागि विद्यार्थी पठाउदै आएकाछन् । हवको स्थापनाले उच्च शिक्षाका लागि विदेश जान चाहाने विद्यार्थीहरुका लागि थप टेवा पुग्ने अपेक्षा गरीएको छ । धरान अन्य शहरको तुलनामा यस क्षेत्रमा निकै अग्रपंक्तिमा रहेको छ ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic